स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि चीनले एमालेलाई २० अर्ब रुपियाँ आर्थिक सहयोग गरेको खुलासा भएको छ ।
एक महिना अगाडि मानसरोवरको दर्शन गर्न भनेर तिब्बत पुगेका एमाले अध्यक्ष केपी ओलीले सोही बेला चिनियाँ उच्च अधिकारीहरूसँग निर्वाचनका लागि पैसा मागेको स्रोतले जनाएको छ ।
जवाफमा चिनियाँ अधिकारीहरूले कति चाहिन्छ भनेर जिज्ञासा राखेको एमाले निकट एक स्थायी समितिले बताए ।
तिब्बतमा चिनियाँ उच्च अधिकारीहरूसँगको भेटमा एमाले अध्यक्ष ओलीले तेस्रो चरणको निर्वाचनमा भारतको सहयोगमा कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालबीच महागठबन्धन बनेको भन्दै अलिक धेरै नै खर्च हुने हिसाब दिएको स्रोतको भनाई छ ।
त्यसपछि चीनले दुई किस्तामा सो रकम नेपाल पठाएको दाबी गरिएको छ । एमालेले चिनियाँ उच्च अधिकारीहरूसँग तराईका जिल्लामा भारतका कारण चीनको खासै पठक नरहेको भनेर निर्वाचनका लागि यति ठूलो रकम आर्थिक सहयोग लिएको बताइन्छ ।
एमाले अध्यक्ष ओलीले तराईमा पनि आफ्नो पार्टीले जित्ने र भारतको दब्दबा अन्त्य गर्ने आश्वासन चिनियाँ उच्च अधिकारीहरूलाई दिएको स्रोतको भनाइ छ ।
‘भारतलाई पाठ सिकाउन पनि चीनसँग पैसा लिएर २ नं. प्रदेशमा एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ’, अध्यक्ष ओलीले आफू निकटका नेताहरूसँग भन्ने गरेको अभिब्यक्ति उदृत गर्दै स्रोतले भन्यो, ‘पैसाको खोलो बगाएर २ नं, प्रदेशमा जित्नु पर्छ ।’
कुनै बेला भारतको सबैभन्दा नजिकको व्यक्ति ओलीले आफूलाई आफूलाई चीनसँग निकट पु-याएका छन् । ओलीले नेपालका हरेक गतिविधिलाई चीनसम्म पुर्याउने गरेको स्रोतको दाबी छनेपाल पानामा समाचार छ ।