आज : २०७५ जेठ ९ गते बुधवार

Ctznbank-Onlinepana-ad
Nepal Life ad – onlinepana.com

कोरियाले तोक्यो कामदार कोटा, यो वर्ष कति नेपाली जान पाउँछन् ?

अनलाइनपाना संवाददाता २०७४ पुस २३ गते आइतवार सोल

दक्षिण कोरियाली सरकारले सन् २०१८ का लागि दक्षिण तथा मध्य एसियाका १६ राष्ट्रका कुल ५६ हजार आप्रबासी कामदार कोटा निर्धारण गरेको छ। सरकारको नीति कार्र्यान्वयनको कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालयसहित बाह्य मन्त्रालय सम्मिलित समितिले गत बर्र्ष बिभिन्न क्षेत्रमा कामदार अभाबका कारण पर्न गएको असुबिधाको समिक्षा गदै यस बर्र्ष बिभिन्न क्षेत्रमा आप्र्रबासी कामदारको संङख्यालार्ई बाँडफाँड गरेको हो।

कोरियाको आप्रबासी कामदार प्रबर्द्धन गर्ने समितिले कृषि क्षेत्रमा काम गर्र्ने आप्रबाशी कामदारप्रति रोजगारदाताले रहन सहन तथा कामकाजप्रति गरिने ब्यबहारलाई सुधार गर्र्नुपर्ने र नगरिएमा कृषि क्षेत्रको आप्रबाशी कामदार कोटालार्ई अंकुश लगाउन सरकारलाई अनुरोध गरेको छ ।

सन् २०१७ मा दक्षिण कोरियाको न्यायिक निकायले १३ हजार २२५ अबैधानिक आप्रबासी कामदार पक्राउ पश्चात स्वदेश फिर्ती कारण पनि सन् २०१८ मा आप्रबाशी कामदार संङख्या निर्र्धारणमा महत्वपूर्ण भुमिका रहेको र अबैधानिक आप्र्रबाशीलार्ई रोजगार उपलब्ध गराए बापत २९४९ रोजगारदाताबाट २० मिलियन कोरियन वोन क्षतिपूर्ति लिएका कारण अबको कोरियाको श्रमबजारमा श्रमसंङख्यामा तिब्रमात्रामा आप्र्रबाशी कामदारको माग रहने अनुमान छ ।

कोरियाको श्रम मन्त्रालयले जनाए अनुसार उत्पादनमुलक क्षेत्रका लागी कुल ४२३०० र कृर्र्षि क्षेत्रमा ६६०० आप्रबासी कामदारलार्ई जनवरी, अप्र्र्र्रील, जुलार्र्ई तथा अक्टुबर सम्ममा कार्यक्षेत्रमा आपुर्र्ती गरिनुका साथै कुल कोटाको साठ्ठी प्रतिशत जुन सम्ममा पुरा गरिने छ ।

कुलकोटा मध्ये मत्स्यपालनमा यसबर्ष २६००, निर्माण क्षेत्रमा २४०० लगायत सेवा क्षेत्रमा १०० कोटा निर्र्धारण गरेपनि नेपाली कामदारका हकमा भने मत्स्यपालन ,निर्माण एंवम सेवा क्षेत्रमा सरकारले अनुमति नदिएका कारण यो क्षेत्रमा माग हुँने छैन ।

कोरियाको चार बर्ष दश महिनाको भिषा अबधिमा एकपटक पनि रोजगारस्थल परिबर्र्तन नगरी स्वदेश फिर्ता भएका र रोजगारदाताले चाहेर आउँन र्ईच्छुक आप्रबाशी कामदारका हकमा गतबर्ष छुट्टै शिर्षकमा १३००० कोटा निर्धारण गरेपनि यसबर्ष कुलकोटाबाट नै कटौती गरि ल्याईने छ ।

यस बर्ष पनि दक्षिण कोरियाको आप्रबाशी कामदार कोटा सिमित भएको हुँदा सरकारले बैधानिक तरिकाले स्वदेश फिर्र्ती भएका आप्रबासी कामदारलाई पुनः कोरिया आउँनका लागि दिनुपर्ने कम्प्युटर बेसिक टेस्ट (सिबिटी) परिक्षा संचालन गराउँने सम्भाबना न्युन छ भने चीन तथा रुसबाट एच–२ भिषाबाट आउँन चाहने कामदारलाई अवसर प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Loading...

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer