आज : २०७५ जेठ ९ गते बुधवार

Ctznbank-Onlinepana-ad
Nepal Life ad – onlinepana.com

ओलीबारे कुरा उठेपछि एमालेका केशब बडालले मन्त्री मीन विश्वकर्मा माथि हमला गरेपछि…. (भिडियोसहित)

अनलाइनपाना संवाददाता २०७४ माघ १ गते सोमवार काठमाडौं

ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मीन विश्वकर्माबीच हात हालाहालको अवस्था सृजना भएको छ ।

सरकारले अहिल्यै राजीनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने भन्ने विषयलाई धमलाले बहसमा ल्याएका थिए । तर, दुई नेताबीचमा कुरा बाझिदै जाँदा स्थिती तनावपूर्ण बनेको थियो ।

जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सरकार छोड्ने प्रक्रिया पूरा गरेर मात्रै हस्तान्तरण गर्ने कुरा गर्ने क्रममा बडाललाई “कुरा नै नबुझी गाउँले पाराले तर्क दिएको” भनेपछि बडाल आक्रोषित बनेका थिए । बडालले शब्द फिर्ता लिएर माफी माग्न लगाएका थिए ।

मन्त्री विश्वकर्माले आफूले बोलेको कुरा सही भएको जिकिर गर्दै न त माफी माागे न फिर्ता नै लिए । त्यसपछि बडाल झन आक्रोषित बन्दै हात नै हालौँला झैँ गरे । यही विषयले कार्यक्रम अवधिभर तनाव सुजना भयो । अर्को अतिथि राजेन्द्र श्रेष्ठ रमिता हेरेर बसिरहे ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Loading...

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer