आज : २०७५ जेठ ९ गते बुधवार

Ctznbank-Onlinepana-ad
Nepal Life ad – onlinepana.com

बर्दियामा माघी महोत्सव : संस्कृतीको संरक्षण र सम्बर्द्धन गर्न महोत्सव को ठूलो महत्व हुने अध्यक्ष केसीको भनाई

अनलाइनपाना संवाददाता २०७४ माघ १ गते सोमवार बर्दिया

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले समाजमा आपसी सदभाव , सहिष्णुता कायम राख्न मेला, पर्व एवम महोत्सवहरुको ठूलो महत्व हुने वताएका छन ।माघी पर्वको उपलक्ष्यमा गेरुवा गाउँपालिकाको वडा नं ६ मा कविला युवा क्लवले आयोजना गरेको माघी महोत्सव २०७४ को समुद्घाटन समारोहमा बोल्दै उनले वेलावेलामा आयोजना गरीने यस्ता कार्यक्रमहरुले संस्कृतीको संरक्षण र सम्वर्द्धन समेत हुने बताए

उनले समान उद्येश्य भएका मेला तथा महोत्सव अलग अलग ठाउँमा नभएर संयुक्त र वृहत रुपमा संचालन गर्न आग्रह गरे । केसीले सबै खाले समुदायको संस्कृती संरक्षण र प्रवर्धनमा आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

पाँच दिनसम्म चल्ने महोत्सवको सफलताको लागी गेरुवा गाऊँपालिका की उपाध्यक्ष हेमकुमारी थरुनी , वार्ड नं।६ का वार्ड अध्यक्ष टेकबहादुर चौधरी , नेपाल प्रेस युनियन वर्दियाका उपाध्यक्ष सन्तोष पौडेल , बुद्धिजिवी रामस्वरुप थारु , समाजसेवी लिलवहादुर खड्का , वडघर सोमल थारु लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए  कार्यक्रम कविला युवा क्लबका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सामाजीक सद्‌भाव कायम राख्दै समाजमा शान्ती स्थापना गर्न र थारु कला साहित्य र संस्कृतीको संरक्षण र संवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Loading...

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer