आज : २०७५ वैशाख ९ गते आइतवार

Hard-wore-ad

गृहपृष्ठ अन्तराष्ट्रिय

अब बलात्कारीको सजायँ मृत्युदण्ड, मन्त्रिपरिषदद्वारा ऐन पारित

अब बलात्कारीको सजायँ मृत्युदण्ड, मन्त्रिपरिषदद्वारा ऐन पारित

 भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित भएको छ। शनिबार प्रधानमन्त्री निवास सेभेन रेसकोर्समा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिएको हो। महिला तथा बालविकास मन्त्री मेनका गान्धीले...बाँकी

किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गर्नुभएको छ । सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गर्नुभएको, राष्ट्रपतिको कार्यालयले बिहीबार बताएको छ । किर्गिजिस्तानको संविधान अनुसार राष्ट्रपतिले सम्भवत शुक्रबार नयाँ सरकार गठनका लागि संसदमा बहुमत रहेको प्रधानमन्त्रीको दलकै अर्काे...बाँकी

किम जोङ्गसँग वार्ता गर्न सीआईए प्रमुख उत्तर कोरिया पुगे

किम जोङ्गसँग वार्ता गर्न सीआईए प्रमुख उत्तर कोरिया पुगे

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग सीधै वार्ता भएको खुलासा गरेका छन् ।तर राष्ट्रपति ट्रम्पले अमेरिकाको तर्फबाट कसले वार्ता गर्यो भन्ने कुराचाहिँ खुलाएका छैनन् । सुरुमा ट‍्रम्प र किमबीच सीधै वार्ता भएको समाचार सार्वजनिक भएको थियो । तर 'वासिंगटन पोस्ट' को समाचार...बाँकी

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो पटक सीधा वार्ता

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो पटक सीधा वार्ता

लामो समय दुश्मनीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सीधा वार्तालाप भएको छ ।अमेरिका र उत्तर कोरियाबीच औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला ट्रम्प र उनबीच सीधा सम्पर्क भएको हो । शिखर वार्ताको गृहकार्यका लागि अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख माइक पोपियो...बाँकी

सिरियामा आतंककारीलाई सघाउँदैछ अमेरिका: इरान

सिरियामा आतंककारीलाई सघाउँदैछ अमेरिका: इरान

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले सिरियामा आतंककारीहरूलाई सघाइरहेको आरोप लगाएका छन् ।इरानको तास्मिन समाचार एजेन्सीले जनाए अनुसार रूहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको बताएका हुन्। तास्मिनले जनाए अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसंगको टेलिफोन वार्तामा रूहानीले पूर्वी गुटाबाट आतंककारीहरूलाई हटाउन देखाएको तदारुकताले...बाँकी

सिरियामा नौ जना टर्कीस् सैनिक मारिए

सिरियामा नौ जना टर्कीस् सैनिक मारिए

उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन् । उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी नौ जना टर्कीस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ । सो क्षेत्रमा त्यहाँका स्थानीय...बाँकी

इजिप्टको अदालतद्वारा ब्रदरहुडका प्रमुखलाई आजीवन काराबास

इजिप्टको अदालतद्वारा ब्रदरहुडका प्रमुखलाई आजीवन काराबास

इजिप्टको एक अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ । इजिप्टको उच्च अदालतले उहाँको अपिलमाथि सुनुवाई गर्दै अन्तिम निर्णय सुनाएको हो । निर्णयअनुसार बादी तथा उहाँको समूहका १७ सदस्यले सशस्त्र हडतालमा...बाँकी

सिरियामाथिको हमलापछि बोले अमेरिकी राष्ट्रपति ट्रम्प

सिरियामाथिको हमलापछि बोले अमेरिकी राष्ट्रपति ट्रम्प

शनिबार भएको सिरियामाथिको आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् । आक्रमण भएको केही घण्टापछि ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो मिसन पूरा भएको बताएका हुन् । उनले आफ्नो सेनाप्रति गर्ब समेत गरेका छन् ।  राष्ट्रपति ट्रम्पले आफुहरुलाई साथ दिने बेलायत र फ्रान्सलाई समेत धन्यवाद दिएका छन् ।...बाँकी

अमेरिकाद्धारा रूसमाथि आक्रमणको चेतावनी

अमेरिकाद्धारा रूसमाथि आक्रमणको चेतावनी

सिरियामा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरूप ‘क्षेप्यास्त्र प्रहार गरिन सक्ने’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पको उक्त चेतावनी सिरियाको रसायनिक हतियार आक्रमणमा रूसको सहयोग रहेको आशंकामा रूसलाई लक्षित गरेर आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । मस्कोसँगको जारी बढ्दो विवादमा उर्जा थप्दै...बाँकी

‘शीतयुद्ध मानसिकता’ विरुद्ध अमेरिकालाई चिनियाँ राष्ट्रपति जिनपिङको चेतावनी

‘शीतयुद्ध मानसिकता’ विरुद्ध अमेरिकालाई चिनियाँ राष्ट्रपति जिनपिङको चेतावनी

 चिनियाँ राष्ट्रपति शि जिनपिङले अमेरिकालाई ‘शीतयुद्ध मनस्थिति’ विरुद्ध चेतावनी दिएका छन् भने अर्कोतर्फ आफ्नो देशको अर्थव्यवस्थालाई सहज पार्ने प्रतिबद्धता पनि जनाएका छन् । बोआओ फोरम फर एसियामा भाषण गर्दै जिनपिङले सोमबार यस्तो बयानमार्फत अमेरिकासँगको व्यापार युद्ध अघि नबढाउने संकेत दिएका हुन् । यसका साथै उनले गाडीहरुमा लगाइएको आयात...बाँकी