आज : २०७५ वैशाख ९ गते आइतवार

Hard-wore-ad

गृहपृष्ठ खेलकुद

दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जानकी माविको पोल्टामा

दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जानकी माविको पोल्टामा

चितवनको भरतपुरमा आयोजना गरिएको दसौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मेघौलीको जानकी माविले जितेको छ । जानकी माविले १० वटा स्वर्ण पदक सहित दुई सय ५७ अंक प्राप्त गर्दै पहिलो भएको थियो । जानकी माविले प्रतियोगिताको विजेता हुँदै रनिङ शिल्डको साथमा १५ हजार रुपैयाँ पुरस्कार पाएको छ...बाँकी

फेरि चम्किए गेल, कोलकाताको ‘निस्कियो तेल’

फेरि चम्किए गेल, कोलकाताको ‘निस्कियो तेल’

‘युनिभर्स बोस’ क्रिस गेल एकपटक फेरि चम्किएपछि किंग्स इलाभेन पञ्जाव आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबारको खेलमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै पञ्जाव शीर्ष स्थानमा उक्लिएको हो । १३ ओभरमा १ सय २५ रनको लक्ष्य पाएको पञ्जावले ११ ओभर १ बलमा मात्र १ विकेट गुमाएर...बाँकी

चेल्सीको सम्भावना जीवित

चेल्सीको सम्भावना जीवित

बर्नलीमाथि २–१ को जित हात पार्दै साबिक विजेता चेल्सीले इङलिस प्रिमियर लिगको शीर्ष ४ मा बस्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने झिनो सम्भावना जीवित राखेको छ। यस जितपछि ३४ खेलमा ६३ अंक जोडेको चेल्सी पाँचौं स्थानमा यथावत रहँदै चौथो स्थानको टोटेनह्यामसँगको दुरी ५ अंकमा झार्न सफल भएको...बाँकी

टी-२० विश्वकप खेल्न नेपालले तीन छनोट पार गर्नु पर्ने, यस्तो छ बाटो

टी-२० विश्वकप खेल्न नेपालले तीन छनोट पार गर्नु पर्ने, यस्तो छ बाटो

नेपालले टी-२० विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ‘द रोड अफ वर्ल्ड टी-२० अष्ट्रेलिया २०२० सार्वजनिक गरेको छ । यो बाटोअनुसार २०२० को टी-२० विश्वकप खेल्ने हो भने नेपालले तीन वटा छनोट पास गर्नु पर्नेछ ।पहिलोः एसियन छनोट-समूह बी ।...बाँकी

एथ्लेटिको मड्रिड पराजित, एक खेल जिते बार्सिलोना च्याम्पियन बन्ने

एथ्लेटिको मड्रिड पराजित, एक खेल जिते बार्सिलोना च्याम्पियन बन्ने

स्पेनिस ला ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड पराजित भएको छ । बिहिबार राति भएको खेलमा एथ्लेटिको रियल सोसीडाडसँग ३ – ० ले पराजित भएको हो । घरेलु मैदानमा रियल सोसीडाडलाई जित दिलाउन जुवान्मीले दुई गोल गरे । यस्तै एक गोल विलियन जोसेको नाममा रह्यो । खेलको अन्तिम समय...बाँकी

जिल्ला स्तरीय खुल्ला नकआउट टि–ट्वान्टी क्रिकेट समुद्घाटन खेलमा भण्डारा वारियर्सले विजयी

जिल्ला स्तरीय खुल्ला नकआउट टि–ट्वान्टी क्रिकेट समुद्घाटन खेलमा भण्डारा वारियर्सले विजयी

पूर्वी चितवनको खैरहनीमा आज (बुधबार)देखी सुरु भएको जिल्ला स्तरीय खुल्ला नकआउट टि–ट्वान्टी क्रिकेटमा भण्डारा वारियर्सले विजयी सुरुवात गरेको छ । खैरहनीको गौचरन खेल मैदानमा भएको समुद्घाटन खेलमा भण्डाराले बहेरा स्पोर्टस् क्लवलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर बहेराले फिल्डिङ राजेपछि पहिले व्याटिङमा उत्रिएको भण्डारा...बाँकी

साफ च्याम्पियन्ससिपमा नेपाल समूह ‘ए’ मा

साफ च्याम्पियन्ससिपमा नेपाल समूह ‘ए’ मा

आगामी सेप्टेम्बर ४ देखि बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। बंगलादेशको ढाकामा बुधबार भएको सार्वजनिक ‘ड्र’ मा नेपाल आयोजक बंगलादेश, पाकिस्तान र भुटान सम्मिलित समूह ‘ए’ मा परेको हो। यस्तै समुह ‘बी’ डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका छन्। च्याम्पियनपसिपमा...बाँकी

​माल्दीभ्समा नेपाली खेलाडी सावित्राको शान

​माल्दीभ्समा नेपाली खेलाडी सावित्राको शान

माल्दिभ्समा सम्पन्न महिला फुटसल प्रतियोगितामा नेपाली खेलाडी सम्मेलित पुलिस क्लब दोस्रो भएको छ । फाइनलमा एपीएलसँग पेनाल्टीमा ३–२ गोलले पराजित भएपछि सावित्रा भण्डारी र अनु बस्नेत सम्मेलित टिम उपविजेतामा सिमित भएको हो । खेलको सुरुवातमा नै एमपीएलले लिएको अग्रतामा अनु बस्नेतले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।...बाँकी

​बुण्डेस लिगमा घट्यो यस्तो रोचक घटना

​बुण्डेस लिगमा घट्यो यस्तो रोचक घटना

जर्मन बुण्डेस लिगमा एक रोचक घटना भएको छ । मेइन्ज र फ्रेइबर्गबीचको खेलमा हाफ टाइम भएपछि खेलाडीहरु ड्रेसिङ रुममा गए । तर रेफ्री गुइडो विङ्कम्यानले दुवै टिमलाई पुनः मैदानमा बोलाएर मेइन्जलाई पेनाल्टीको अवसर दिए । भिडियो एसिस्टेन्ट रेफ्री भार प्रविधिको धेरै स्थानमा आलोचना भइराखेको समयमा बुण्डेस लिगाको खेलमा...बाँकी

बिडिसिए क्रिकेट कप: फाइनलमा त्रिपुरा

बिडिसिए क्रिकेट कप: फाइनलमा त्रिपुरा

बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिपुरा क्रिकेट क्लब प्रवेश गरेको छ ।आइतबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो...बाँकी