Logo

ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु



कास्की: अन्नपूर्ण गाउँपालिका-१० किन्से ५० वर्षीय पूर्ण सिंह परियारको भीरबाट ढुङ्गा खसेर लाग्दा सोमबार दिउँसो मृत्यु भएको  छ । 

घान्द्रुकबाट किन्सेतर्फ जाँदै गरेको अवस्थामा भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा पूर्णा सिंह गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १४:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।