आज : २०७४ असोज ९ गते सोमवार

Nepal Life ad – onlinepana.com
Maruti Ad

यसरी हार्‍यो बार्सिलोना , जब मेस्सीले जोगाउन सकेनन्

अनलाइनपाना संवाददाता २०७३ पुस २२ गते शुक्रवार काठमाडौं 5 पटक

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ । बार्सिलोना ९ खेलाडीमा सीमित भएको एथ्लेटिको बिल्बाओसँग २–१ ले पराजित भएको हो ।

पछिल्लो चार वर्षमा बार्सिलोनामाथि पहिलो जित दर्ता गर्ने क्रममा एथ्लेटिकोको बिल्बाओका लागि आरिट्ज आडुरिज र इनाकी विलियम्सले गोल गरे ।

२५ औं मिनेटमा आडुरिज र २८ औं मिनेटमा विलियम्सले गोल गरेपछि पहिलो हाफमा घरेलु टोली एथ्लेटिको बिल्बाओले २–० को अग्रता लियो ।

५२ औं मिनेटमा बार्सिलोनाका लागि लियोनल मेस्सीले एक गोल फर्काए । ७४ औं मिनेटमा राउल गार्सिया तथा ८० औं मिनेटमा आन्द्रे टुरास्पे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको बिल्बाओ ९ खेलाडीमा सीमित भयो ।

तर बार्सिलोनाले यसको फाइदा लिन सकेन । लुइस स्वारेज र नेइमारले पनि यो खेलमा गोल गर्न सकेनन् । दोस्रो लेग आउँदो बुधबार नाउ क्याम्पमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

Loading...

सम्बन्धित शीर्षकहरु