आज : २०७४ असोज ९ गते सोमवार

Nepal Life ad – onlinepana.com
Maruti Ad

लिग फुटसलको उपाधि संखमुललाई

अनलाइनपाना संवाददाता २०७३ पुस २४ गते आइतवार काठमाडौं 5 पटक

redbul

रेडबुल फुटसल लिगको उपाधि संखमुल फुटसलले जितेको छ । बासबारी स्थीत चौर फुटसलमा शनिबार भएको फाइनलमा सामाखुसि फुटसललाई ३–२ गोल अन्तरले हराउदै संखमुलले उपाधि हात पार्यो ।

संखमुलको जितमा कप्तान संजोग चाम्लिङ राई,रोनिल महर्जन र शेर बहादुर थापाले एक–एक गोल गरे । सामाखुसिका कप्तान नविन लामा र सौरभ मगरले गोल गरेपनि जितका लागि पर्याप्त भएन ।

संखमुलले शुरुवाती ३ मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । उसका लागि शेर बहादुर थापाले गोल गर्दै अग्रता दिलाए । त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । सामाखुसिका नविन लामाले खेलको ६ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ११औँ मिनेटमा रोनिल महर्जनले गोल गर्दै पुनः संखमुललाई अग्रता दिलाए । २२औँ मिनेटमा संजोग चाम्लिङ राईले ब्यक्तिगत पहिलो गोल गर्दै ३–१ ले अगाडी बढाए । २६औँ मिनेटमा सामाखुसिका सौरभ मगरले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि थप गोल गर्न नसक्दा संखमुलले ३–२ ले जित हात पार्योे ।

एमए इभेन्ट्सको आयोजनामा पहिलोपटक भएको लिग फुटसल विजेता शंखमूल फुटसलले १० लाख रुपैयाँ हात पार्योे । उपविजेता सामाखुसीले ५ लाख रुपैयाँमै चित्त बुझाएको छ ।

विजेता टोलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । होम एण्ड अवेको आधारमा भएको लिगमा कुल १६ टिमको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...

सम्बन्धित शीर्षकहरु