आज : २०७४ कात्तिक ७ गते मंगलवार

Nepal Life ad – onlinepana.com
Maruti Ad

माओवादी केन्द्रीय सदस्यले चुनावको मुखमा पार्टी छाडे, एमाले प्रवेश गर्ने

अनलाइनपाना संवाददाता २०७४ भदौ २४ गते शनिवार काठमाडौं 4532 पटक

दुई चरणका स्थानिय निकाय निर्वाचन सम्पन्न भएपछि शुरु भएको प्रदेश नम्बर २ को चुनाव नजिकिँदै गर्दा माओवादी केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् ।

माओवादीको बिभिन्न तहमा काम गर्दै केन्द्रीय समिति सदस्य बनेका चन्द्रबहादुर रोकाहाले शुक्रबारबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले पार्टी परित्याग गरेसँगै अब कुन पार्टी जादैछन् भन्ने चर्चा हुन थालेको छ।

‘पार्टीभित्र मौलाएको गुटबन्दी, मनोगत र आत्मकेन्द्रीत नेतृत्व, पार्टी नेतृत्वले जनतासँग जोडिएर काम गर्ने कार्यकर्तालाई भन्दा पनि चाकरी गर्ने र गुटका लाई मात्रै च्याप्ने, सांगठानिक विधि पद्दति बोलीमा मात्रै हुने र सांगठानिक अराजकता र भद्रकाल व्याप्त रहेकाले यस्तो संगठनले जनजीविकाका सबालमा संघर्ष गर्न नसक्ने र समृद्ध नेपाल बन्न पनि नसक्ने हुँदा लामो समयदेखि राजनीतिक रुपमा संलग्न रहँदै नेकपा (माओवादी केन्द्र) को सबै जिम्मेवारी र साधारण सदस्यता आजैका मितिदेखि लागू हुने गरी परित्याग गरेको घोषणा गर्दछु ‘रोकाहाबाट जारी विज्ञप्तिमा भनिएको छ ।

लामो समयदेखि माओवादीमा सक्रिय रोकाहा नगर संयोजक, निर्वाचन क्षेत्र संयोजक, युएई जिल्ला अध्यक्ष, प्रदेश समिति सदस्य हुँदै केन्द्रीय सदस्य बनेका थिए । उनी इन्जिनियर पनि हुन् ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च युएईका पूर्वअध्यक्ष प्रकाश कोइरालाले रोकाहालाई एमालेमा ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिए । माओवादी परित्याग गरेका रोकाहा एमाले प्रवेश गर्नेमा सकारात्मक रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Loading...

सम्बन्धित शीर्षकहरु