आज : २०७४ कात्तिक ७ गते मंगलवार

Nepal Life ad – onlinepana.com
Maruti Ad

जालझेल गर्दापनि आईजीपी बनाउन नसकेपछि सिलवाललाई ओलीको अर्को ठूलो अफर !

अनलाइनपाना संवाददाता २०७४ भदौ ३० गते शुक्रवार काठमाडौं 4419 पटक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईजीपी नियुक्ति प्रकरणमा अदालतबाट मुद्दा हारेका डीआईजी नवराज सिलवाललाई गृहमन्त्री बनाउने घोषणा गरेका छन् ।

विभिन्न चलखेल र प्रयास गर्दा पनि सिलवाललाई नेपाल प्रहरीको आईजीपी बनाउन नसकेपछि ओलीले गृहमन्त्री बनाइदिने भन्दै एमालेबाट राजनीति सुरु गर्न आग्रह गरेका हुन् ।

ओलीले पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिलवाललाई एमालेमा ल्याएर गृहमन्त्री बनाउने घोषणा गरेका हुन् ।

सरकारले सिलवाललाई अन्यायपूर्ण ढंगबाट हटाउन चलखेल गरेको आरोप लगाउँदै ओलीले भने, यस्तो सिस्टम सुर्धान अब तपाई गृहमन्त्री बन्नुपर्छ, त्यसको लागि केही समय धैर्य गर्नुस् ।

सर्वोच्चबाट मुद्दा हारेसँगै सिलवालले जागिरबाट राजीनामा गरिसकेका छन् । अब उनी राजनीतिमा आउने नआउने टुंगो लागिसकेको छैन् । तर, एमाले नेताहरुले भविष्यमा गृहमन्त्री बनाइदिने भन्दै राजनीतिमा आउन आग्रह गरिरहेको स्रोतको दाबी छ ।

यसअघि एमालेको लहलहैमा लागेर एआईजीसम्म जागिर खाएर ससम्मान विदा हुनुपर्नेमा राज्यविरुद्ध अदालत जाँदा डीआईजी पदबाटै राजीनामा दिएर घर जानुपर्यो ।

अब एमालेमा राजनीति गर्यो भने झन देशबाटै राजीनामा दिनुपर्ने अवस्था त आउने होइन् सिलवालले सोच्नुपर्ने बेला आएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Loading...

सम्बन्धित शीर्षकहरु