आज : २०७४ कात्तिक ७ गते मंगलवार

Nepal Life ad – onlinepana.com
Maruti Ad

प्रचण्ड निवास लाजिम्पाट पुगेर नारायणकाजी ‘क्वाँ क्वाँ’ रोएपछि……

अनलाइनपाना संवाददाता २०७४ असोज ५ गते बिहीवार काठमाडौं 5617 पटक

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाबुराम भट्टराई लोकप्रिय नेता रहेको भन्दै भट्टराईसँग आफूले प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।

दुई दिन अगाडि अध्यक्ष दाहालसँग भएको भेटघाटका क्रममा श्रेष्ठले नेता भट्टराईलाई पराजित गर्ने उपाय खोज्न आग्रह गरेका थिए । नेता भट्टराईले आउँदै गरेको संसदीय निर्वाचनमा गोरखाबाट उम्मेदवारी दिने बताइ सकेका छन् । भट्टराई र श्रेष्ठको एउटै निर्वाचन क्षेत्र पर्छ ।

‘प्रच्ण्डको अगाडि नारायणकाजी कम्रेड ‘क्वाँ क्वाँ’ रुनु भयो’, प्रत्यक्ष रुपमा देख्ने एकजना माओवादी नेताले भने, ‘त्यसपछि प्रचण्डले नरुनुस् त्यस विषयमा विचार गरौँला । अझै समय छ भन्नुभयो ।’

अध्यक्ष प्रचण्डले श्रेष्ठलाई समानुपातिकमा राखेर सांसद बनाउने हो कि भनेर तयारी गरेका छन् । तर, श्रेष्ठलाई समानुपातिकमा राख्नु हुँदैन भनेर चर्को दवाव परेको छ ।

गोरखामा श्रेष्ठले भन्दा धेरै काम भट्टराईले गरेको स्थानीयको भनाइ छ । गोरखामा श्रेष्ठलाई खासै मन पराउँदैनन् । नारायणकाजी श्रेष्ठभन्दा बाबुराम भट्टराई नै लोकप्रिय छन् ।

यसपटक पनि पराजित हुने डरले श्रेष्ठलाई सताएको छ । श्रेष्ठले बरु आफूले कुनै पनि दुःख नदिने तर, जसरी हुन्छ बाबुरामसँग आफूलाई नभिडाउन प्रचण्डसँग भन्ने गरेको स्रोतको भनाइ छ ।

एमालेसँग निकट मानिने नारायणकाजी श्रेष्ठले बेलाबेला प्रचण्डलाई दुःख दिने गरेका छन् । कांग्रेससँगको गठबन्धन भत्काएर नारायणकाजीले एमालेसँग मिलेर नयाँ सरकार बनाउन प्रचण्डलाई दवाव समेत दिएका थिए । तर, कृष्णबहादुर महरा, वर्षमान पुनसहितका नेताहरूको अगाडि श्रेष्ठको केही पनि चलने ।

अहिले आएर प्रचण्डले नारायणकाजी श्रेष्ठको कुरा सुनेको भए आफू फस्ने रहेछु भनेर निकटका नेताहरूलाई भन्ने गरेका छन् । कांग्रेससँग तालमेल गरेका कारण माओवादीले स्थानीय तहको निर्वाचनमा उल्लेख्य सिट संख्या जितेको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Loading...

सम्बन्धित शीर्षकहरु