आज : २०७४ फागुन ६ गते आइतवार

www.onlinepana.com
Nepal Life ad – onlinepana.com

नेपाल मगर संघ युएई शाखामा नयाँ नेतृत्व चयन

अनलाइनपाना संवाददाता २०७४ मंसिर ९ गते शनिवार काठमाडौं
manakamana-ad-Singlepage Below Next & Previous

नेपाल मगर संघ युएई शाखामा नयाँ नेतृत्व चयन भएको छ । १३ वर्ष यता युएईमा कार्यरत रुपन्देही मोतिपुरका टंक थापा मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिला राना मगर, चार उपाध्यक्षमा मन सारु मगर, ज्ञावत राना मगर , लालबहादुर मगर र नरेन्द्र दिसुवा मगर हुनुहुन्छ ।

यस्तै भाषिक उपाध्यक्षमा कैलाश खाम मगर, महासचिवमा डोल राना मगर, सचिवमा भुवन थापा मगर, कोषाध्यक्षमा सुमन मगर, सहकोषाध्यक्षमा लोक सुनारी मगर र प्रवक्तामा मोहन बुढाथोकी मगर हुनुहुन्छ ।

कार्यसमितीका सदस्यमा सनम बाचे मगर, होम थापा मगर, नविन थापा मगर ,राजेन्द्र थापा मगर, फडेन्द्र बाम्पाकी मगर, चन्दा पुलामी मगर र नयन घर्ती मगर चयन भएको निर्वाचन समितिका संयोजक भुवन मगरले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्य समितिको आगामी पहिलो बैठकले संघको विधान बमोजिम सल्लाहकार तथा आवश्यकता अनुसार सदस्य मनोनयन गर्न सक्नेछ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Loading...

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer