अदालत परिसरबाटै पक्राउ परे सिके राउत
  • अनलाइनपाना संवाददाता
  • प्रकाशित मिति : आइतवार, अशोज २१, २०७५
  • काठमाण्डौ

स्वतन्त्र मधेशको माग गर्दै आएका डा. सिके राउत पक्राउ परेका छन् । उनीसहित तीन जना रौतहटबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार उनलाई रौतहट प्रहरीले आइतबार पक्राउ गरेको हो । तारेखका लागि अदालत पुगेका वेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राज्य विप्लवको मुद्दामा पक्राउ परिरहेका उनलाई प्रहरीले सोधपुछ र थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।