आज : २०७५ असोज ३० गते मंगलवार

nic-asia-onlinepana
Nepal Life ad – onlinepana.com

सिन्धुलीमा बस दुर्घटना ३ जनाको मृत्यु (नाम सहित)

अनलाइनपाना संवाददाता २०७५ असोज २६ गते शुक्रवार सिन्धुली

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशीगाँउपालिका–५, रिठ्ठे भीरमायात्रुबाहक बस सुनकोशीमा खस्दा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

सिन्धुलीको मरिणबाट काठमाडौंकालागि छुटेको ना ६ ख ९१२ नम्बरको बस रिठ्ठे भीरको सडकबाट सुनकोसी नदीमा खसेको सिन्धुलीजिल्लाप्रहरी उपरीक्षक रामेश्वर प्रसादयादवले जानकारी दिनु भयो ।

दुर्घटनामा बसमा सवार आठ जनापुरुषयात्रु मध्ये सिन्धुपाल्चोक घर भएका सुनकोसी गाँउपालिका–८ मा बस्ने २९ वर्षीय रवि खड्काको घट्नास्थलमै मृत्यु भएको हो । सिन्धुलीको मरिण गाउँपालिका–७, काचालक २८ वर्षका राजकुमार लामा र उनकाभाइ २३ वर्षका अमृत लामाको धुलिखेल अस्पतालमा उपचारकाक्रममामृत्यु भएको उहाँले जानकारी दिनु भयो ।

यस्तै घाईते हुनेहरु ६ जनामध्यचार जनाको नामखुलेको र २ जनाको खुल्नबाँकी रहेको जिल्लाप्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । प्रहरीकाअनुसार आँफै अनियन्त्रितभई सडकबाट ५ सय मिटर तल खस्न गई दुर्घटना भएको यात्रु बहाक बस सुनकोसी नदीमा डुबेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...

सम्बन्धित शीर्षकहरु