आज : २०७४ असोज ९ गते सोमवार

गृहपृष्ठ खेलकुद

भारतले श्रीलंकालाई ३ विकेटले हराउँदै श्रृंखलामा २–० को अग्रता

भारतले श्रीलंकालाई ३ विकेटले हराउँदै श्रृंखलामा २–० को अग्रता

भारतले श्रीलंकालाई ३ विकेटले हराउँदै पाँच एक दिवसिय श्रृंखलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा भारतले श्रीलंकामाथि ९ विकेटको जित दर्ता गरेको थियो ।बिहीबार राती सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो ।...बाँकी

डिफेन्डिङ च्याम्पीयन शिवम् र एपीएफ फाइनलमा

डिफेन्डिङ च्याम्पीयन शिवम् र एपीएफ फाइनलमा

डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय टीम एपीएफ क्लब रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नव आदर्श सामुदायिक विकास समाज पोखराको आयोजनामा लामाचौरमा तीज महोत्सवको अवसरमा आयोजित राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा यी दुई टोली प्रवेश गरेका हुन् । बुधबार भएको सेमी...बाँकी

नेइमारसँग एक अर्ब रुपैयाँ माग्दै बार्सिलोनाद्वारा अदालतमा मुद्दा दायर

नेइमारसँग एक अर्ब रुपैयाँ माग्दै बार्सिलोनाद्वारा अदालतमा मुद्दा दायर

कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमार विरुद्ध उनको पूर्व क्लब बार्सिलोनाले अदालतमा मुद्दा दायर गरेको छ । बार्सिलोनाले नेइमारसँग नयाँ सम्झौता गर्दा दिएको बोनस फिर्ता माग्दै मुद्दा दर्ता गरेको छ । पिएसजी जानुभन्दा नौ महिना अगाडि नेइमारले बार्सिलोनासँग पाँच वर्षका लागि आफ्नो सम्झौता नविकरण गरेका थिए...बाँकी

रंगशालाभित्रै बन्यो भलिबल ट्रेनिङ सेन्टर

रंगशालाभित्रै बन्यो भलिबल ट्रेनिङ सेन्टर

रंगशालाभित्र क्षेत्रीय स्तरको भलिबल ट्रेनिङ सेन्टर निर्माण पूरा भएको छ । जिल्ला भलिबल संघको पहलमा १४ महिनाअघि सुरु गरेको ट्रेनिङ सेन्टर निर्माण कार्य पूरा भएको संघका अध्यक्ष भीम पराजुलीले बताए । १४ रोपनी क्षेत्रफलमा निर्माण भएको भलिबल सेन्टरमा प्यारापिट, ४ वटा भलिबल कोर्ट, एउटा भवन, प्राक्टिस वाल र...बाँकी

शिवम् सिमेन्टबन्योन्यु डायमन्ड एकेडेमीको मुख्यप्रायोजक, वार्षिक ८ लाखरुपैयाँप्रायोजनको सम्झौता

शिवम् सिमेन्टबन्योन्यु डायमन्ड एकेडेमीको मुख्यप्रायोजक, वार्षिक ८ लाखरुपैयाँप्रायोजनको सम्झौता

नेपालीमहिलाभलिबल क्षेत्रको अग्रणी टोली न्यु डायमन्ड एकेडेमीले मुख्यप्रायोजककारूपमाशिवम् सिमेन्टको साथपाएको छ। राजधानीमाशनिबार आयोजित एक कार्यक्रमबीचशिवम् सिमेन्टले नैकापस्थित न्यु डायमन्ड एकेडेमी (एनडीए) सँग एक वर्षकालागिमुख्यप्रायोजककारुपमा रहेने सम्झौता गरेको हो। सम्झौताकार्यक्रममाशिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्षसजन देवकोटा र न्यु डायमन्डकाप्रिन्सिपलतथाप्रशिक्षककुमार राईले सम्झौतापत्रमाहस्ताक्षर गरे। सम्झौताअनुसार शिवम् सिमेन्टले न्यु डायमन्डलाई एक...बाँकी

विराट कोहली एकदिवसीयका एक नम्बर ब्याट्सम्यान

विराट कोहली एकदिवसीयका एक नम्बर ब्याट्सम्यान

भारतीय क्रिकेट कप्तान विराट कोहली ‘आइसिसि ओडिआइ’ र्‍याङकिङको एक नम्बरमा परेका छन्। शुक्रबार जारी भएको वन डे इन्टरनेशनलको सूचीमा ८७३ को रेटिङसहित विराट शीर्षस्थानमा परेका हुन्। दोस्रो नम्बरमा अस्ट्रेलियाका डेभिड वार्नर छन्। विराट र वार्नरबीच १२ अंक मात्र फरक छ। यो दुरी बढाउन विराटले आइतबार हुने एकदिवसीय खेल...बाँकी

बार्सिलोनालाई हराउँदै रोनाल्डो बिनै उत्रिएको रियल मड्रिडले उपाधि जित्यो

बार्सिलोनालाई हराउँदै रोनाल्डो बिनै उत्रिएको रियल मड्रिडले उपाधि जित्यो

बार्सिलोनालाई हराउँदै स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। सुपर कपको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको एल क्लासिकोमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित रियल मड्रिडले उपाधिमाथि बक्जा जमाएको हो। घरेलु मैदानमा भएको दोस्रो लेगमा रियल मड्रिडलाई जिताउन मार्को एसेन्सिओ र करिम बेन्जिमाले...बाँकी

रातो कार्ड पाएपछि रेफ्रिलाई समेत धकेलेका रोनाल्डोले ५ खेल खेल्न नपाउने

रातो कार्ड पाएपछि रेफ्रिलाई समेत धकेलेका रोनाल्डोले ५ खेल खेल्न नपाउने

बार्सिलोनालाई ३–१ गोलले पराजित गरेको खेलमा रेफ्रिलाई धकेलेको आरोपमा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध लागेको छ। आइतबार राती स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा रातो कार्ड पाएपछि रोनाल्डोले रेफ्रिलाई धकेलेका थिए। उनलाई दुई वटा पहेँलो कार्डका लागि एक खेल प्रतिबन्ध निश्चित थियो। तर, रेफ्रिलाई धकेलेको...बाँकी

१९ वर्ष मुनिको एसियाली क्रिकेट टोली छनौट, को को परे टिममा ?

१९ वर्ष मुनिको एसियाली क्रिकेट टोली छनौट, को को परे टिममा ?

एक महिना पछि मलेसियामा हुने १९ वर्षमुनिको एसियाली क्रिकेट (पूर्वी क्षेत्र) का लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । आज छनौट सम्पन्न भएको नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोली घोषणा गरेको हो । आउँदो सेप्टेम्बर...बाँकी

अगुइरोको निर्णायक गोल, म्यानचेस्टर सिटी विजयी

अगुइरोको निर्णायक गोल, म्यानचेस्टर सिटी विजयी

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुवात जितबाट गरेको छ। पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोको गोलको सहयोगले २–० को जित सम्भव पार्यो। ब्रिगटन एन्ड होभविरुद्ध शनिवार राती भएको खेलमा ७० मिनेटमा अगुइरोले गोल गरेका थिए। अर्को गोल आत्मघाती भएको थियो। ७५ मिनेटमा लुइस...बाँकी