Logo

राजनीति

कानुन अनुसार प्रमुख विपक्षी दल नेमकिपा हो : प्रेम सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरुमध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गरेका हुन् ।

सोही बेहोराको निवेदन उनले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम मार्फत सभामुखलाई दिए । निवेदनको बेहोरा सुनाउँदै उनले भने, ‘कानुन अनुसार नेमकिपालाई प्रमुख विपक्षी दल तोकिदिनुस् ।’

उनले कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको रुपमा प्रस्तुत गरेको भन्दै आपत्ति जनाए । सांसद सुवालले भने, ‘प्रधानमन्त्रीलाई दिएको विश्वासको मत लिखित रुपमा फिर्ता नलिएसम्म कांग्रेसलाई प्रमुख विपक्षी दल भन्न मिल्दैन ।’

प्रकाशित मिति : माघ ७, २०७९ शनिबार  ६ : ५७ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।