Logo

समाचार

नेता आउँदा चोर आयो भन्छन् : राजेन्द्र लिङ्देल



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

कार्यक्रममा उनले आफूसहित सम्पूर्ण राजनीतिक दललाई सच्चिन पनि जोड दिए । सो क्रममा उनले भने, ‘सरकार सरकार जस्तो छैन संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन् । सबैलाई ठीक लगाउने राजनीतिले हो तर राजनीतिलाई ठिक लगाउने नेताले हो तर नेताप्रति सर्वसाधारणको विश्वास छैन । नेता आउँदा चोर आयो भन्छन् ।’ उनले दलको महाधिवेशन वैधानिकता प्रदान गर्ने मात्रै नभइ नेतृत्व चयन र बिग्रिएको छबी सुधार गर्ने अवसर पनि भएको बताए ।  

मुलुकको जेठो राजनीतिक दल पूर्ण महाधिवेशनको सफलताको कामना गर्दै उनले उनले २०४७ सा पछि कुनै सरकारले पूरा कार्यकाल पुरा गर्न नसक्नु र कुनै पनि दल सिंगो नरहनुको कारण खोज्नु पर्ने पनि बताए । उनले भने, ‘यस विषयमा हामी सबैले ध्यान दिनुपर्छ । । 

उनले देशको राजनीति लिकबाट बाहिर गएको टिप्पणी पनि गरेका छन् । देशका तीनवटै संवैधानिक अंग लिक बाहिर गएको भन्दै नेताहरूले जनताको विश्वास गुमाएको आराेप लगाए । 

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  ४ : ०२ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।