Logo

प्रमुख समाचार

रेडियो नेपालका पत्रकार दीपक पाठक पक्राउ



नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा पाठकलाई बिहीबार बिहान प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय अपराध गरेको आरोप लगाइएको छ । पाठक रेडियो नेपालका बोर्ड सदस्य समेत हुन् ।

प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार  ११ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।