Logo

प्रमुख समाचार

‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित



सफल युवा उद्यमीको रुपमा परिचित आर. ए बि.एस इन्टरनेशनलका निर्देशक रोशन श्रीवास्तवलाई एक कार्यक्रम माझ सम्मान गरिएको छ । महानगरपालिकाको ‘लाईट सिटी’ अभियानमा महत्वपूर्ण भुमिका खेलेको, राज्यको राजश्व तथा रोयल्टी संकलनमा सहयोग गरेको, मधेशमा सामाजिक अभियान चलाएको तथा विद्युतका पोलहरुमा विज्ञापन राख्ने अभियानमा मार्फत व्यापार विस्तार तथा रोगजारीको अवसर सिर्जना गरेको भन्दैै उनलाई मधेश मिडिया समाजले सम्मान गरेको हो ।

उनलाई भारतीय काङगे्स आइको भातृ संगठन दलीत जनजाती महासंघका अध्यक्ष राहुल योगी, अन्तरीम मन्त्रीपरीषदका अध्यक्ष खिलराज रेग्मी, नवलपरासीका प्रतिनिधि सभा सांसद हृदयस त्रिपाठी, प्रदेश न २ का मन्त्री राम नरेश राय, रतिश चन्द्र लाल, अमरेस नारायण सिंह लगाएतको उपस्थितिमा सम्मानीत भएका हुन् ।

‘श्रीवास्तवलाई १०० हिरोज अफ मधेश २०७५’को पुरस्कारबाट सम्मानित भएका हुन् । लोडसेडिङ मुक्तगरि चर्चाको शिखर पुगेका विद्युत प्राविधकरणका प्रमुख कुलमान घिसिङसँग तुलना गर्न लायक युवा श्रीवास्तवकै सक्रियतामा अहिले काठमाडौँका अधिकांश क्षेत्र सौर्य बत्तीले भिलिमिली भएका छन् । महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र भिलिमिली बनाउने लक्ष्यका साथै रोशनले ‘लाइन सिटी’ अभियान नै चलाएका छन्, जो कि राज्यले नै चलाउनुपर्ने हो ।

मधेशी समाजमा सामाजीक कार्य गर्नुका साथै नविन सोच र विचारलाई नै समृद्धिको मुल आधार मान्ने रोशनले आफ्नै देशलाई फाइदा पुग्ने ‘आइडिया’ निकाले र त्यसैमा सक्रिय रहे ।

परिणामस्वरुप आज महानगरभित्रका अँध्यारा सडकले ज्योती पाएका छन् । यात्रीलाई पनि निकै राहत मिलेको छ । सडक दुर्घटनामा कमी आएको छ भने विदेशी पाहुनाको अगाडि ‘लाज पचाउनुपर्ने’ अवस्था छैन । उनको यहि योगदान, नविन सोच एवम लाईट सिटी अभियानको सक्रियतालाई मध्यनजर गरि सो पुरस्कार मार्फत सम्मान गरिएको हो ।

प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार  १२ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।