विष्णु पौडेललाई भतिजाले पत्र लेखेरै नङग्याइदिए
  • भीष्मराज पौडेल
  • सोमवार, बैशाख २, २०७६
  • झापा

बालुवाटारको सरकारी जग्गा छोराको नाममा पास गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आफ्नै भतिजाले राजीनामा दिन सल्लाह दिएका छन् ।महासचिव पौडेलको भतिजा भीष्मराज पौडेलले झापा जिल्लाबाट मार्मिक पत्र लेखेर राजीनामा दिन आग्रह गरेका हुन् ।

बालुवाटारको ८ आना सरकारी जग्गा आफ्नो छोरा नवीन पौडेलको नाममा पास गरेपछि विवादमा मुछिएका नेकपाका महासचिव पौडेल सबैतिर आलोचित बन्दै गएका छन् ।आलोचित बनिरहेका बेला नैतिकताको आधारमा पार्टी महासचिव पदबाट राजीनामा दिन सुझावसहितको खुल्ला पत्र भतिज भीष्मराज पौडेलले पठाएका हुन् ।

कमरेड महासचिव, लाल सलाम १ तथा श्रद्देय काका सेवा ढोग १खासै लेखनीय सामाग्री त केही थिएन यद्यपि, यहाँको समाचार भाइरल भइरहँदा एउटा कार्यकर्ता र भतिजको हैसियतले नलेखी बस्न सकिन । कमरेड वर्गीय मुक्तिको लागि लडेका तपाईको इतिहाँस आज उड्न बाँकी रहेको खरानी जस्तो भएको महशुस भएको छ ।

मलाई, बुटवलको माटो र जनताले सम्मान गरेको भुलेर बालुवाटार नै किन्ने यहाँको अक्षम्य दुस्साहसको कालो झण्डाले सम्मान गर्दछु । काकाजी हजुरबुबाको अंशनै काफी हुँदाहुँदै उल्फाको धनले यहाँको राजनैतिक, सामाजिक सबै क्षेत्र तहसनहस भएको छ । साथै त्यो ८ आना जग्गा किन्न हुँदैन भन्ने तपाई जत्तिको मान्छेलाई पक्का थाहा हुनु पर्ने हो ।

२–३ कै महासचिव भएको हुँदा छानविन होला नहोला त्यो अर्कै कुरो हो । तर, म जस्ता, (नेताको मलद्वारलाई हरिद्वार नमान्ने) कार्यकर्ताको आन्तरिक (लाटो) छानविनले यो काण्ड सरासर तपाईको सम्पत्ति मोहको पराकाष्ट बाहेक केही होइन भन्ने बुझेको छु ।

रुपन्देहीबाट संसद भवन पहिलो पटक छिर्दा लगभग हराउने मान्छे आज कसरी बालुवाटार नै किन्न सक्छ ? उत्तर छ, कसैसँग ? मेरो यो पत्रले गोकुल बास्कोटा एण्ड कम्पनीलाई तनाव त होला ।

१–२ ठाउँ कारबाहीको कुरा नि गर्लान् यद्यपि, पार्टी हामी जस्ता तलका मान्छेको पनि योगदानले बनेको हुँदा, पार्टीलाई माटोमा मिलाउनबाट जोगाउन र हाम्रो कुललाई कलंकित हुनबाट बचाउन महासचिव पदबाट राजीनामा गरी यो काण्डको सहज अवतरण गराइदिनु हुन सादर अनुरोध छ ।क्रान्तिकारी अभिवादनसहित ।

उही भतिजभीष्मराज पौडेल
मिति२ ०७५–१२–२९ संगठित सदस्य, नेकपा, झापा