अर्काको कामको किन रिस ?
  • सुबास जी.सी
  • शनिबार, बैशाख २८, २०७६
  • काठमाडौँ

कुनै एक पत्रकार देश र जनताको हक हितका निम्ति रातदिन नभनेर अथक प्रयास गर्न सक्छ भने कुनै अर्को पत्रकार रक्सी र मासुमा बिक्दैन कस्ले भन्छ ? बिहान हुन्छ चोकमा कस्ले कालो चिया र सल्काएको चुरोटको ठुटो दिन्छ होला भनेर ढुक्नेहरु साझ परेपछी लोकल ठररा पिलाउनेकै समाचार बनाउन मै ब्यस्त हुनेहरु पनि छन् । यो त भयो काठमाडौमा पत्रकारिताको नाममा कलन्कित केही पत्रकारको कन्तबिजोग ।

पछिल्लो समय लण्डनमा पनि यस्तै यस्तै पत्रकारहरु च्याउ जस्तै जन्मिएका हुन कि भन्ने आभास हुन थालेको छ । प्राय नेपाली कलाकारहरु बिदेश प्रोग्राममा जानू र दुई चार पैसा कमाउन सकौ चाहना अबस्य हुन्छ त्यसमाथी पनि लण्डन, अमेरिका, जापान र कोरिया जस्ता मुलुक जान पाए दुई चार पैसा कमाउन पाए भनेर सपना सजाउनु नराम्रो सायदै होला ।

भलै नेपाली कलाकारको लागि कतारको भिसा लाग्दैन कोरियाको कुरै छोडौ लण्डन र अमेरिका सपनाहरुमा पनि कयौ कलाकारहरुले देख्दैनन तर लण्डनमा रहेर सामाजिक हित र नेपाली कलाकारको हक हित र सहायताको लागि काम गर्दै आइरहेको सामाजिक संस्था थर्ड आइले भने त्यस्ता कतिपय कलाकारहरुको सपना पूरा गराउन मद्दत गर्ने गरेको सुन्दै आइरहेको थिए । तर हिजो कुनै अनलाइनमा प्रकाशित एउटा समाचार पढेपछि काठमाडौका गल्ली गल्ली मा चुरोटको ठुटो र कालो चिया पर्खिएर बस्ने केही पित्त पत्रकारहरुको याद आयो ।

मैले यति सबै भन्दै गर्दा ती पत्रकारहरुलाई बिर्सेको छैन र यो शब्द उहाहरुमा जादैन जस्ले कसैकोहक हित र देश र जनताको लागि सहि सूचना सम्प्रेषण गरिरहनु भएको छ उहाहरु माथी अन्याय हुनेछ त्यस्ता पत्रकार मित्रहरूमा म हृदय देखि नै कृतज्ञता प्रकट गर्दछु ।

मै खाउ मै लाउ अरु सब मरुन दुर्जनहरु, यो स्वलोक साच्चिकै सत्यतामा आधारित छ भनेर पनि अझै बुझे । लण्डनमा कुनै नेपाली कलाकार गयो त खुसी कै कुरा हो नया कलाकार गयो अझ भनौ आर्थिक अवस्था कमजोर हुने गयो र केही प्रोग्राममा पैसा कमायो सात समुन्द्रपारि रहने हाम्रा नेपाली दाजु भाइ लाई मनोरञ्जन दिलायो खुसी पार्यो र पैसा कमायो आखिर नेपाली दाजु भाइले नै आर्थिकपार्जन गर्यो दुख को कुरा कहाँ आयो ? किन टाउको दुख्यो होला ?

लण्डनमा रहने पत्रकार मित्रहरू तपाई नेपाली नै हुनुहुन्छ ? कि तपाईं पत्रकार महोदय पनि चुरोटको चियाको पर्खाइमा दिनहरु काट्दै हुनुहुन्छ । होइन भने एउटा नेपाली कलाकारले बिदेसमा आफ्नो कला गला र मेहेनतले दुई चार पैसा कमायो भन्दैमा तपाइले यति सार्यो खैरो खन्नु पर्ने कारण केही देख्दिन ।मलाई अझै दुखको कुरा त्यहा नीर लाग्यो ५०० युरो कमाए २६०० युरो कमाए भिजिट भिसामा आएका कलाकार थिए ।

म ठोकुवा गरेर भन्छु तपाईं लण्डनमा रहेर राम्रो आर्थिकपार्जन गर्ने र आफ्नो हैसियत स्थापित गर्ने नेपाली मध्य तपाईं कदापी गिन्तिमा पर्नुहुदैन । तपाईं कुन कलाकारले कति कमाउछ र कति खिल्ली चुरोट खिलाउछ भनेरै गिन्तिमा हुनुहुन्थ्यो होइन भने तपाईंको चोरेर लुटेर पक्कै ती नेपाली कलाकारले ५०० युरो र २६०० युरो कमाएको होइनन होला ।

मैले यो भन्न खोजेको होइन नेपाल र नेपाली को उन्नती प्रगती चोरी, ड्कैती गरेर वा गैरकानुनी ढङ्गले होस । मैले भन्न मात्र के खोजेको हु भने “मै खाउ मै लाउ … ” भन्ने निच सोचको अन्त्य गरि सहयोगी भावना जागर्ण हुन जरुरी छ । लाखौ रुपैया खर्चिएर एउटा गित बन्छ करोडौ रुपैया खर्चियर एउटा चलचित्र बन्छ तर बिडम्बना गितको लगानी गर्ने कलाकार युटुब मा आम्दानिको बाटो पर्खिएर मर्छ फिल्म को लगानी कर्ता बिदेशमा रहने नेपाली दाजुभाइ सङ्ग सहाएताको जुवाड गरेर बाच्ने हाम्रो अबस्था र यथार्थता लाई जान्दा जान्दै पनि यति सम्म आफ्नो मर्यादा र आफ्नो हैसियत बिर्सिएर कलाकारहरु प्रती यति सम्म कुर बनेर कलम चलाउने कतिपय मित्रहरू प्रति आज असाध्यै दुख लागेर आयो त्यैसैले आज केही शब्द लेख्न्मन लाग्यो ।

आजका दिन सम्म कुनैपनी पत्रकार बन्धुहरु सङ्ग मेरो कुनै पनि रिसराग र दुश्मनी छैन र भोलिका दिन मा पनि रहनेछैन तर चित्त फाटेको त्यहा नीर हो जहाँ एउटा् नेपालीले दुई चार पैसा कमाइ गर्यो भन्दैमा उस्कै खेदो खनेर यति सम्म कि कलाकारको लागि लण्डन प्रबेस मै रोक लगाउने जस्तो प्रयास गरेको बुझिने लेख पढेपछि कता कता चित्त फाटेर आयो र गुनासो पोख्न मन लाग्यो । कतै तपाई त्यही पत्रकार त पर्नुहुदैन जो हिजोको दिन मा काठमाडौ मै रहेर कालो चिया र चुरोटको बाटो हेर्नुहुथ्यो ।