प्रधानमन्त्री ज्यू राम्रा काम गर्दा गर्दै तपाईं आज चुक्नुभो
  • के.पी गौतम
  • शुक्रबार, असार २०, २०७६
  • गुल्मी

प्रधानमन्त्री ज्यू एकपटक आफुले आफैलाइ नियालेर हेर्नुस । म खुलेरै भन्दै छु तपाईंले गम्भीर गल्ती गर्नुभो । तपाईंले गरेका अनेक कामहरु भोलि इतिहासका पानामा सुवर्ण अक्षरले लेखिनेछन ।

भारतले नाकाबन्दी गर्दा त्यसको ठाडै सामना गरि भ्रमणको निमन्त्रणा पठाउँदा मेरो देशका जनताले तिम्रै कारण दुख पाइरहेका छन यस्तो अवस्थामा म कसरी आउन सक्छु भनेर निम्तोलाइ ठाडै अस्विकार गर्ने तपाईंको हिम्मत, रेल र पानीजहाज चलाउने दिर्घ सपना र दृढ संकल्प, रोजगारिका अवसर सिर्जना गर्ने महत्त्वपूर्ण कार्यको सुरुवात, सिन्डिकेट अन्त्यको प्रयास, प्रमुख अपराधी पक्राउ पर्न नसकेपनि बर्षौं देखि लुकाउँदै आइएको सुनकाण्डको पर्दाफास, कमसल सडकहरुको स्तरोन्नति, तुइन बिस्थापन, बन्द भएका उध्योग र विमानस्थलहरु पुन संचालन लगायतका धेरै कामहरु तपाईंकै सक्रीयतामा सफल भएका हुन अझ राष्ट्र र जनताको हितका निम्ति लड्दा १४ बर्षे कठिन जेलजिवन बिताएको हामी बिर्सिदैनौं तर अफसोच आज तपाईं चुक्नुभयो ।

बिषादीरहित तरकारी सेवन गरेर निरोगी बन्न जनतालाइ आफैले देखाएको सपना आफैले तोडेर तपाईं नराम्रोसँग चुक्नुभयो । प्रधानमन्त्री ज्यु निरोगी बनेर बर्षौं सम्म बाँच्ने आसा गरेका जनतालाइ निराश नबनाइदिनुस बिन्ती छ ।।