निर्णय गर्दा सरकार चुके कै हो, तर कसैसँग झुकेको होइन !
  • केपि गौतम
  • शनिबार, असार २१, २०७६
  • काठमाडौँ

विगतका सरकारले विषादी परिक्षण गरेर मात्रै तरकारीको आयात गर्नुपर्छ भन्ने सम्मपनी हेक्का पाएनन् जसका कारण नाकामा विषादी परिक्षण गर्नका निम्ति आवश्यक पूर्वाधार नै थिएन ।

वर्तमान सरकारले नयाँ सोच सङ्गै जनताको स्वास्थ्यमा असर नपरोस भनेर काम सुरु त गर्यो तर उपकरण नहुँदा नाका अस्तव्यस्त बन्न पुग्यो । यसै कुरालाइ आधार बनाएर घोच्न मात्रै पल्केका तर सोच्ने फुर्सद नभएका हामिले भारतीय दबाबले गर्दा सरकार झुक्यो भन्दै सरकारले नै विषादी खाए खा नखाए घिच भनेको झै आवाज उठाइरहेका छौं ।

सोच्नु पर्ने कुरा के छ भने यदि नेपालबाट भारत निर्यात हुने कृषिजन्य वस्तु भारतले नाकामा रोकेर दिल्ली लगेर परिक्षण गर्छु अनि मात्र आयात गर्छु भन्यो भने हामी स्वत: भारतलाइ दुष्मन देख्छौं र हाम्रा कृषकले सास्ती पाउँछन् त्यो हामिलाइै सह्यिय हुँदैन । नाकामा नेपालको परिक्षण गर्ने उपकरण नभएको र काठमाडौ ल्याएर परिक्षण गरि गुणस्तर पत्ता लगाउने बेलासम्म सबै तरकारी कुहिएर जान सक्ने भएकाले सरकार पछि हट्नु परेको हो ।

आवश्यक प्रविधिको व्यवस्था नगरी उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिक्षण गर्ने नीति लिँदा अहिले यो अवस्था आइरहेको हो । भारतका कसैले दबाब दिएर होइन । बरु अब आवश्यक प्रविधी नाकामै व्यवस्था गरेर जतिसक्दो छिटो फेरि विषादी परिक्षण गर्ने व्यवस्था गर्न दबाब सिर्जना गरौं ।

अन्य धेरै राम्रा काम गर्दै गर्दा यो काम भने सरकारले कमजोरीपुर्ण ढंगले काम गर्न खोजेकाले सरकारको कमजोरीको विरोध गरेका हौं । यो विषयमा सरकार चुकेकै हो तर कसैसँग झुकेको हुँदै होइन । अफाह फैलाउने काम बन्द गरौं ।