लाज नभएको गणतन्त्रको छोटे राजाहरु…
  • अन्जना ढकाल
  • बुधबार, असार २५, २०७६
  • काठमाडौँ

नेपाल यस्तो देश हो जहाँ केटालाई लगेर केटी बनाइन्छ, गुन्डालाई भेटेर सपथ ख्वाइन्छ, आतंककारी भेटेर सत्तामा ल्याइन्छ, सुनलाई एकछिन मै पित्तल बनाइन्छ, सोझा जनतालाई बलात्कारी जनाइन्छ, दोषीहरुलाई धुरीमा चडाइन्छ, निर्दोष जनता जीउँदे जलाइन्छ, सत्यतथ्यहरु लुकाइन्छ, निर्मला जस्ताको काण्ड सुकाइन्छ, जनताहरु हिलोमा गुडेछन्, ठुलाबडा जहाज़मा उडेछन्, भोकमरीले पानी पिउन पाएका छैनन्, खै के–के ल्याउँछु भन्थे किन ल्याएका छैनन् ?

कठै हामी यहीँ हो गणतन्त्र रु हरेक गाउँ–ठाउँ जिल्ला, टोल छिमेक, गाउँ सहर गल्ली उठौँ, जनता उठौँ–जुटौं, अब यहीँ गतिले देश चलाउँन दिनेभए नेपाल भन्ने देश पनि एकादेशको कथामै सिमित हुनेछ, आश्वासन कति छन् तर चित्त बुझाउँने ठाँउ कतै छैन देशमा खरायोको गतिमा लुटतन्त्र, घुस पेश दलाल, भ्रष्टचार भैरहकै छ अनि विकास कछुवाको गतिमा गर्न खोजेको के ? देखाउन खोजेको के ?

जनतालाई कति सम्म दुःख दिन्छ रु जाबो एउटा जिल्ला अझै भनौँ देशको राजधानीलाई त राजधानी हो, भनेर चिनाउन लाज लाग्छ अरु कुरा छोडौँँ अरु के आश त्यहीँ काठमाण्डौँको खाल्डा–खुल्डी पुरेर देखाउ पहिला अनि विश्वास हेला सरकारले प्रगति गरेछ, गर्नि भयो भनेर नत्र रेल, पानीजहाजको कुरा सुनेर चाइनाले समेत बिल्ला गरेको समाचार नी आए क्या लाजको घुम्टो ओडेर हिडौँ हनुमानहरु…!