सरकारलाई सिडीओको सुझाव : रवी लामिछाने घटनाबारे ऐतिहासिक पाठ सिकौ !
  • ललित बस्नेत
  • सोमवार, भदौ ९, २०७६
  • काठमाडौँ

जाजरकोटका सिडीयो तथा लेखक ललित बस्नेतले शालिकराम पुडाशैनी प्रकरणमा दुरुत्साहन मुद्धामा अभियुक्त बनाईका रवी लामिछाने र युवराज कडेल घटनाबारे सरकारलाई ऐतिहासिक पाठ सिक्न सुझाएका छन् । अदालतको फैसला हुन बाँकी नै रहँदा उनको समर्थनमा देखिएको विशाल समर्थनलाई गम्भिरढंगले अध्ययन विश्लेषण गर्नसमेत सिडीओ बस्नेतको सुझाव छ ।

यस्तो छ उनको सुझाव

सञ्चारकर्मी शालिकराम पुडासैनी प्रकरणमा दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका सञ्चारकर्मी रवि लामिछानेको र अर्का अभियुक्त युवराज कँडेलको संभवत आज बयान सकिएपछि थुनामै राखी मुद्दा अघि बढाउने, धरौटीमा वा साधारण तारेखमा छोड्ने भन्ने कुराको अदालतले कुनै निर्णय गर्नेछ ।

उनी आज तारेखमा छुट्ने बित्तिकै उनका पक्षधरहरूले रवि निर्दोष देखिए भनी व्यापक प्रचार गर्न सक्छन् भने उनी थुनामै रही मुद्दा अघि बढाइएमा उनका विरोधीहरूले रवि दोषी नै ठहरिए जस्तो गरी व्यापक प्रचार गर्न सक्छन् ।

उनी आज तारेखमा छुटुन वा थुनामै रहुन् उनीलाई अहिले नै दोषी वा निर्दोषी भन्न मिल्दैन । त्यो सक्षम अदालतले अनुसन्धान गरी अन्तिम फैसला गरेपछि मात्र थाहा हुने कुरा हो । कामना गरौँ उनी निर्दोष ठहरिने छन् । अदालतको फैसलाले उनी दोषी, निर्दोषी जे जुकै ठहरे पनि अहिले उनको समर्थनमा देखिएको विशाल समर्थनलाई भने गम्भिरढंगले अध्ययन विश्लेषण गरी ऐतिहासिक पाठ सिक्नुपर्दछ । निम्न अनुसारका प्रमुख कारणहरूले उनले पक्षमा अपार समर्थन देखिएको हो कि जस्तो लाग्छ

१. सीधा कुरा जनतासँग कार्यक्रम कार्यक्रम मार्फत उनले वैदेशिक रोजगारीमा हुने ठगी देखि देशभित्रका अनियमितता, बेथिति विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत भई पीडितको पक्षमा आवाज उठाउने र कतिपय घटनामा पीडितलाई न्याय दिलाउन समेत सशक्त भूमिका खेलेको दृश्य टिभी तथा सामाजिक सञ्जालमा हेरेका जनताले रविलाई आफ्नो महानायक जस्तो ठान्न पुगे ।

२. आ-त्म-ह-त्या गरेको भनिएका व्यक्तिले रवि लगायतका व्यक्तिका कारण आ-त्म-ह-त्या गरेको भनी रेकर्ड गरेको भनिएको भिडियोमा षडयन्त्र पो गरिएको छ कि भनी शङ्का गर्न सकिने थुप्रै ठाउँ देखिनु । उक्त भिडियो रविको लामो समयदेखि कडा रूपमा द्वन्द्व भएका भनिएका र उनी निकट व्यक्तिका सञ्चार माध्यमबाट बाहिरिनु, ह-त्या, आत्महत्या के हो भन्ने एकीन नहुँदै र उनी विरुद्ध किटानी जाहेरी समेत नआउँदै पक्राउ गरिनु । यी कुनै पनि कुरामा यदि षडयन्त्र छैन भने यिनको समयमै जिम्मेवार निकायले आम जनतालाई सही सूचना दिन सक्नुपथ्र्यो जो दिइएन । यसले गर्दा राज्यका निकाय आफै षडयन्त्रमा संलग्न पो छन् कि भन्ने आम जनतामा पर्न गएको छ ।

३. राज्यले निर्मला पन्त लगायतका विभिन्न अपराधहरूमा पीडितलाई न्याय दिलाउन नसक्दा आम जनताको राज्यका निकायहरूप्रति अविश्वास बढ्दै गएको देखियो । राज्यका सक्षम निकायहरूमार्फत निष्पक्ष रूपमा सत्य तथ्य छानबिन गरी दोषी, निर्दोषी पत्ता लगाई दोषीलाई कडा दण्ड दिइनेछ र निर्दोषीलाई सफाइ दिइनेछ तथा पीडितलाई उचित न्याय दिइनेछ भन्ने कुरामा आश्वस्त पार्न सकेको देखिएन ।

४. सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग । युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत कसैलाई जति चर्को ढङ्गले गाली गलौज गर्न सक्यो, राज्यको धज्जी उडाउन सक्यो, तथ्यहीन कुराहरूको मसलेदार ढङ्गले प्रस्तुत गर्न सक्यो उति छिटो लाइक, कमेन्ट, शेयर पाउँदै हिट हुने मात्र होइन विना लगानी, राज्यलाई कुनै कर नतिरी लाखौँ पैसा कमाउन सकिने भएपछि भएकोले मानिसहरू रातारात पैसा कमाउन र हिट हुन यस्तै काम गर्न थाले । सोझा सोझा नेपालीहरू यिनै सामाजिक सञ्जालमा आएका अतिरञ्जनापूर्ण कुराहरूको पछि लागि समर्थन गर्न पुगे ।

५. बण्डवागन इफोर्टको सिद्धान्त अनुसार विभिन्न तह र तप्काका धेरै मानिसहरू रविको समर्थनमा पछि लागेको देखेपछि अरू धेरै मानिसहरू त्यसैको पछि लागेको देखिन्छ ।

६. राज्यको संरचना र शासन प्रणालीमा भएको युगान्तकारी परिवर्तनको विपक्षमा रहेका राजनीतिक शक्तिहरूले यो अवसरलाई सदुपयोग गर्दै राज्य विरुद्ध जनता भड्काउने सुवर्ण अवसरको रूपमा उपयोग गर्न खोजे । फलस्वरूप वर्तमान शासन व्यवस्थाको विपक्षमा रहेका राजनैतिक दलहरू योजनाबद्ध ढङ्गले सरकारी निकायको विरोधमा उत्रिए । परिवर्तनको पक्षधर शक्तिहरू यो घटनामा राजनीतिकरण नगरौं भन्दै तटस्थ रहन पुगे जसले गर्दा शासन व्यवस्थाको पक्षमा रहेका राजनीतिक दलका कार्यकर्ताहरू पनि उनको समर्थनमा स्वतःस्फूर्त रूपमा देखा परे ।

७. नेपाली जनता देशमा व्याप्त ह-त्या, हिंसा, ब-ला-त्का-र, भ्र-ष्टा-चार आदिका खबर सुन्दा सुन्दा वाक्क दिक्क भएको परिवेशमा विभिन्न गैर सरकारी संस्थाहरूले जनताको यो मनोविज्ञान बुझी जनतालाई सडकमा उतार्न उत्प्रेरकको साथसाथै संयोजनकारी भूमिका समेत खेलेको देखियो ।

यस्ता घटनाबाट उचित पाठ सिकी राज्यले आफूलाई बेलैमा सुधार गर्दै जानु र देशमा कानुनको शासन कायम भएको अनुभूति दिलाउनु आजको टड्कारो आवश्यकताको रूपमा रहेको छ ।

अहिलेको आवश्यकता निष्पक्ष ढङ्गले अनुसन्धान अघि बढाउनु हो । वास्तवमा कसैले केही काम राम्रो गर्‍यो भन्दैमा उसले अपराध कहिल्यै गर्दैन भन्न सकिँदैन । केही संयम अघि भारतमा भगवानकै जस्तो स्थान बनाएका आशाराम वापु, राम रहिम बाबाको कुरा गरौँ वा नेपालकै लिटिल बुद्धको पहिचान बनाएका राम बहादुर बमजनकै कुरा गरौँ। उनीहरू पनि विभिन्न अपराधमा संलग्न भएको भनी आरोप लागेको छ, कोही त दोषी प्रमाणित भई सजाय समेत भोगिरहेका छन् । तसर्थ रविले पनि कहिल्यै अपराध गर्नै सक्दैनन् भन्ने होइन, बरु कामना गरौँ, प्रार्थना गरौँ उनी निर्दोष ठहरिने छन् ।

वास्तवमा सम्मानित अदालतबाट सत्य-तथ्यको उजागर हुने नै भएकोले केही समय धैर्य गरी अनुसन्धानलाई सघाउनु अहिलेको आवश्यकता हो । यस्ता घटनाबाट उचित पाठ सिकी राज्यले आफूलाई बेलैमा सुधार गर्दै जानु र देशमा कानुनको शासन कायम भएको अनुभूति दिलाउनु आजको अर्को टड्कारो आवश्यकताको रूपमा रहेको छ ।