पार्टीमा जुँगाको लडाईँ : परालको आगो हो कि भुसको ?
हरेक जिल्लामा कम्युनिस्टहरूको ‘लालआँखे जनवाद’ र आपसी शत्रुता जस्तो कांग्रेसभित्र छैन
  • इन्द्र रिजाल
  • बिहिबार, फाल्गुन ३०, २०७५
  • काठमाडौँ

सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको भूमिगत महाभारतका यी आश्चर्यजनक गतिविधिलाई सर्वप्रथम नियालौं ।

फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटना भएको खबर पाएको लगत्तै प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो दुर्घटनामा निधन भएका रवीन्द्र अधिकारीकी पत्नी विद्यालाई भेट्न मन्त्री क्वार्टर पुगे र हतारहतार समवेदना दिएर भने, “अब तपाई रवीन्द्रजीको ठाउँबाट चुनाब लड्ने तयारी गर्नुहोस्, हामी सबै लागेर जिताएर ल्याउँला ।” यसको कारण थियो, रवीन्द्र पत्नी विद्याको सट्टा कास्कीको उक्त क्षेत्रबाट वामदेवले उम्मेद्वार हुने इच्छा राख्लान् र आफ्नो प्रधानमन्त्री पद धरापमा पर्ला ।

नेपालका दुई ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का घरझगडा जनताले हेर्न नचाहे पनि सडकमा आइपुग्ने गरेका छन् । जिल्लामा गएर २१ किलो, १२० किलो वा १५० किलो माला लगाएको धाक दिएका सबै पार्टीका शिर्ष नेताहरू सद्बुद्धि नभएका चोरबुद्धिले ग्रस्त टोले–गुण्डा जस्तो हुनपुगेका छन् ।

प्रधानमन्त्री ओलीले चाहेर पनि केही मन्त्रीलाई हटाउन सकिरहेका किन छैनन् भने हटाइएका मन्त्रीहरू आफ्ना च्यालेन्जर नेताहरूसँग मिलिदिएर पार्टीभित्र आफूलाई थप कमजोर बनाउलान् ।

सत्तारुढ ने क पाभित्र कलह व्याप्त छ, त्यहाँ शीतयुद्ध छ । ओलीको समर्थन गर्ने कि विरोध गर्ने भन्ने सवालमा पक्ष–विपक्ष बाँडिएको छ ।नेपाली कांग्रेसभित्र त्यही रोग व्याप्त छ । सभापति शेरबहादुर देउवाले पार्टीका विभाग गठन नगरेर सबैलाई त्यसैको लोभमा हिँडाइरहेका छन् । अर्को महाधिवेशन हुने बेला आईसकेको छ । तर पार्टीले संगठनात्मक पूर्णता पाउन सकिरहेको छैन ।

नेपालका दुई ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का घरझगडा जनताले हेर्न नचाहे पनि सडकमा आइपुग्ने गरेका छन् । जिल्लामा गएर २१ किलो, १२० किलो वा १५० किलो माला लगाएको धाक दिएका सबै पार्टीका शिर्ष नेताहरू सद्बुद्धि नभएका चोरबुद्धिले ग्रस्त टोले–गुण्डा जस्तो हुनपुगेका छन् ।

नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र विपक्षी समुहका रुपमा संस्थागत रुप लिन थालेको पक्षधर राजनीति, सिद्धान्तहिन र नैतिकताहिन जुँगाको लडाई भएर चलिरहेकै छ । तर अहिले त्यो तुलनात्मक रूपमा कम छ । परालको आगो निभे पनि भुसको आगो निभेको छैन ।

पार्टी फुट्ला भन्ने डर र चिन्ता दुवै पार्टीका कार्यकर्ताहरूमा छ, यद्यपि नेताहरू पार्टी फुट्न नदिने भन्छन् । पार्टी फुट्नु भनेको साइनबोर्ड दुईफ्याक बनाउनु वा झन्डा च्यात्नु होइन, भावनामा फुट र सङ्गठनमा गुटवाजी हो । माओवादी फुटेर ५ टुक्रा भयो ।

वैद्य, बाबुराम, मातृका, विप्लब आदिका चुला–चौका हुनथालेपछि आफ्नो गुटलाई माओवादीको केन्द्र भनी दावी गर्दैआएका प्रचण्डले पार्टी लगेर ओलीको चरणमा बुझाईदिए । आज सत्तामा बसेर ‘समृद्ध नेपाल सृुखी नेपाली’ को नारा लगाउने पार्टी हँसिया–हथौडावाला लालझन्डा हो भने ‘जनयुद्ध जारी छ’ भन्दै समाजमा लुटपाट, हत्या र चन्दा आतंक मच्चाउने पनि हँसिया–हथौडावाला लालझन्डा बाकेको कम्युनिस्ट पार्टी नै छ ।

सत्तारुढ ने क पामा भुसको आगो छ, कांग्रेसभित्र परालको आगो छ । माओवादीको शत्रु माओवादी भएर जिल्लाजिल्लामा ‘लालआँखे जनवाद’ को पक्षमा आपसी बोलचाल बन्द, पानी बाराबार, कुटाकुट, बहिष्कारका गतिविधि नभएपनि मुलुकको सबभन्दा जेठो र लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसभित्र त्यस्तो छैन । बरू यसमा लोकतान्त्रिक अभ्यासलाई उछिनेर बेढङ्गी राजनीतिक शैलीले बिगारेको देखिन्छ । लोकतन्त्र केवल प्रतीक होइन, फेशन होइन, नारा होइन, चियागफ होइन । अल्पमतमाथि बहुमतको स्वेच्छाचारी शासन होइन ।

मोहन वैद्यले माओवादी पार्टी फुटाउनु अघि ‘सङ्गठनभित्र सङ्गठन, योजनाभित्र योजना र रणनीतिभित्र रणनीति’ भन्ने नीति लिएका थिए । त्यस्तै नीति एमाओवादीबाट अलगिँदा डा. बाबुराम भट्टराईले लिए । माओवाद भनेको बितण्डाको पर्यायवाची भएर चिनिएको छ नेपालमा । त्यसैले एमाओवादी पार्टीमा अर्को फुट अवश्यम्भावी देखिन्छ ।

सत्तारुढ ने क पामा भुसको आगो छ, कांग्रेसभित्र परालको आगो छ । माओवादीको शत्रु माओवादी भएर जिल्लाजिल्लामा ‘लालआँखे जनवाद’ को पक्षमा आपसी बोलचाल बन्द, पानी बाराबार, कुटाकुट, बहिष्कारका गतिविधि नभएपनि मुलुकको सबभन्दा जेठो र लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसभित्र त्यस्तो छैन । बरू यसमा लोकतान्त्रिक अभ्यासलाई उछिनेर बेढङ्गी राजनीतिक शैलीले बिगारेको देखिन्छ ।

लोकतन्त्र केवल प्रतीक होइन, फेशन होइन, नारा होइन, चियागफ होइन । अल्पमतमाथि बहुमतको स्वेच्छाचारी शासन होइन । लोकतन्त्र भनेको प्रतिबद्धता, पद्धति, विचार, आचरण र प्रक्रिया हो भन्ने कुरा ब्यवहारद्वारा व्यक्त हुनुपर्ने हो । निष्ठावान् कार्यकर्ताहरूका साहसमाथि उभिएर अलोकतान्त्रिक निर्णय गर्नुहँुदैन भन्ने न्यूनतम जिम्मेवारी नेतृत्वमा हुनुपथ्र्यो । तर कांग्रेसका नेताहरूमा यो चेत पलाउन सकेन । बरू बिरालाको टाउकामा सिंग–जुरो पलाउला, तर कांग्रेसका नेताहरू बुद्धिबंगारो नपलाई मर्ने भए ।

पार्टीभित्र न्यायपद्धति र सहमतिको राजनीतिक संस्कारलाई बिथोलेर विधिको शासन र समृद्धिको बाटो बन्न सक्दैन, तर त्यस्तै भइरहेको छ । घरभित्र किचलो मच्चाएर र आफ्नै पार्टीलाई एकजूट राख्न नसक्नेले राष्ट्रिय एकता सार्थक कसरी कायम गर्न सक्छ ? पार्टीका झगडियाहरू आ–आफ्ना औचित्य बलियो बनाउन लागिपरेका छन्, तर नागरिक समाजले पनि हेरिरहेको छ ।

केही दिनअघि वीरगञ्ज पुगेर डेढसय किलोको माला लगाएका कांग्रेस सभापति देउवाले डा. शशांक, डा. शेखर र सुजाता कोइरालाहरूउपर पाँडे–गाली गर्दै “कांग्रेस पार्टी कोइरालाहरूको वपौती होइन” भनिदिए । उनको त्यो आक्रोशभन्दा पनि पराजित मानसिकता, हतास र आत्मनाश मनोदशाको द्योतक थियो र साथै थियो सुसंस्कारको अनिकाल । उनी फागुन २३ गते विराटनगर पुगेर पनि त्यस्तै स्तरहिन मिजासमा देखा परे ।

आरोप–प्रत्यारोप जेजस्तो भए पनि कांग्रेसभित्रको विग्रहको कारण सैद्धान्तिक होइन, पदीय हो र झगडाको मानसिकता हिजोको पार्टी विभाजनको धङ्धङे (ह्याङ्ओभर) र तेह«ौं महाधिवेशनको चुनावी तिक्तता हो । ससाना कुरालाई लिएर यी नेता भनाउँदाहरू लडिरहन्छन् । मिल्न सक्दैनन् र फुट्न पनि सक्दैनन् । दुबै पक्षले यसलाई शक्तिको आशक्तिका साथ आफ्नो अहंम्तुष्टी (इगो स्याटिस्फ्याक्सन) र शक्ति प्रदर्शनको विषय बनारहेका छन् ।

दुईतिहाईको नजिक शक्ति बोकेको त्यो पार्टीको सरकार यति अकर्मण्य र कमजोर हुनुको कारण घर झगडा नै हो । त्यो पार्टीले सत्ताको अति आशक्तिलाई नियन्त्रण गरेर जनमुखी विकासका एजेण्डालाई पूरा गर्न ध्यान लगाएको जनतालाई महसुस भएमात्र जनविश्वासको सार्थकता रहनेछ । यस्ता कुरा पार्टीहरूलाई सम्झाइरहनु पर्ने होइनन्, कुनैपनि जनमुखी पार्टीको लागि बाह«खरी र राजनीतिक वर्णमालाका प्रारम्भिक संस्कारगत नीति हुन् । सुध्रिने मति छैन भने यिनले इज्जतपूर्वक हटिदिनु बाहेक राजनीतिमा अरु विकल्प छैन ।

ने क पा होस् वा कांग्रेस, दुवै पार्टीभित्र वैचारिक शक्तिको होइन, जसको शक्ति उसको भक्ति स्थापित गर्ने विचारविहिन तथा अराजक वातावरण विकसित भएको छ । लोकतन्त्रको लक्षण होइन यो । लोकतन्त्रको संरक्षक नेपाली कांग्रेस, लोकतन्त्रका उपभोक्ता अन्य पार्टीहरू भन्ने जनता पनि अब हैरान भइसके ।

सरकारलाई तह लगाउने र लोकतान्त्रिक विधिको पालन गर्ने गराउने विषयमा अरूका आँखा कांग्रेसतिर छन्, तर कांग्रेसको आँगनमा परस्परमा यदुवंशी मारामार चलिरहेको छ । एकथरिलाई डाँडो कटाउने र अर्कोथरिलाई राजपाट लिने तमासा नै अहिलेको क्षोभलाग्दो अवस्था हो । लोकतन्त्रको संरक्षक र संवाहक पार्टी भनिएको कांग्रेसभित्रै यस्ता तमासा भएपछि अरूसँग के आशा गर्ने ? पार्टी सभापतिका लागि सबै कार्यकर्ताहरू बराबर हुनुपर्ने र सभापति देउवाले सबै पक्षको कुरा धैर्यताका साथ सुनेर मिलाएर समेट्नु पर्ने हो । तर कांग्रेसमा कार्यकर्ता हुनपनि नसुहाउने गरी सबभन्दा नालायक सभापति देउवा नै हुँदैछन् ।

जनादेश पाएका पार्टीहरू आफ्नो जिम्मेवारी पूरा नगरी बिग्रह र वितन्डामा मग्न हुनु र फुट्नै खोज्नुलाई कुनै अर्थमा जनताले क्षमायोग्य मान्ने छैनन् । लोकतन्त्रको आधारस्तम्भ पार्टी भनिएको कांग्रेसभित्रको वर्तमान विवाद त्यसै पार्टीलाई शोभा दिने कार्य होइन । यस्ता प्रवृत्तिबाट नेताहरूले आफ्नो राजनीतिक स्वार्थ जित्लान्, तर जनताको मन जित्न सक्दैनन् । सबै पार्टीका नेताहरू सत्ता र शक्तिको लागि यस्ता मनोरोगी भइसकेका छन् कि अब यिनलाई सत्ता र शक्तिका कुरा बाहेक केही सुन्नु छैन ।

फुट अवश्यम्भावी हुँदै गएपछि जनताको निराशा र अविश्वास निकै बढेर गएको विगतका अनुभवले शिक्षा दिनुपर्ने हो । अर्को ठूलो दल सत्तारुढ नेकपाभित्रको खुट्टा तानातान, विवाद र विग्रहले देशमा दुर्भाग्य नै निम्त्याइरहेको छ । दुईतिहाईको नजिक शक्ति बोकेको त्यो पार्टीको सरकार यति अकर्मण्य र कमजोर हुनुको कारण घर झगडा नै हो ।

त्यो पार्टीले सत्ताको अति आशक्तिलाई नियन्त्रण गरेर जनमुखी विकासका एजेण्डालाई पूरा गर्न ध्यान लगाएको जनतालाई महसुस भएमात्र जनविश्वासको सार्थकता रहनेछ । यस्ता कुरा पार्टीहरूलाई सम्झाइरहनु पर्ने होइनन्, कुनैपनि जनमुखी पार्टीको लागि बाह«खरी र राजनीतिक वर्णमालाका प्रारम्भिक संस्कारगत नीति हुन् । सुध्रिने मति छैन भने यिनले इज्जतपूर्वक हटिदिनु बाहेक राजनीतिमा अरु विकल्प छैन ।