गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले आफ्ना प्रेमी इलामका थिर कोइराला सँग विवाह गरेकी हुन् । बुधवार पाटन चर्चमा विवाह गरेका उनीहरूको विवाह समारोहमा परिवारका निकट व्यक्तिको सहभागिता रहेको थियो ।
अन्जुले एक महिना अघि आफू प्रेम सम्बन्धमा रहेको स्वीकारेकी थिइन् र छिट्टै विवाह गर्ने समेत बताएकी थिइन् । सेतो पहिरनमा सजिएकी अन्जु र कलेजी सुटमा सजिएका थिरको तस्बिर र टिकटक सामाजिक सञ्जालमा भाइरल भएको छ ।
प्रतिक्रिया