Logo

समाचार

म्यान्मारको सेनामाथि फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध



फेसबुक र इन्स्टाग्रामले म्यान्मारका सैनिक शासक र उनीहरुलाई समर्थन गर्नेहरुलाई प्रतिबन्ध लगाएको छ । फेसबुकले म्यान्मारमा भएको सैनिकले कूु गरेका कारण उनीहरुलाई फेसबुक र इन्स्टाग्राम चलाउन दिनु जोखिमपूर्ण काम भएको भन्दै प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

फेब्रुअरी १ मा सेनाले कु गर्दै राष्ट्रपतिसहित प्रमुख राजनीतिक नेताहरुलाई हिरासतमा लिएको छ । फेसबुकले यसअघि नै म्यान्मारको सेनाको मुख्य पेजलाई प्रतिबन्ध लगाएको थियो ।

म्यान्मारको सेनाले फेसबुकलाई २०२० मा भएको निर्वाचनमा धाधली भएको भन्ने आफ्नो दाबिको प्रचार प्रसारका लागि प्रयोग गरेको फेसबुकले जनाएको छ ।

फेसबुकले बुधबारराति देखि सेना र सेनाको कू लाई समर्थन गर्नेहरुलाई अहिलेको परिस्थितिलाई हेरेर अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । सैनिक कू को विरोधमा भएका प्रदर्शनमा अहिलेसम्म तीन प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार  ३ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।