Logo

काठमाडौंमा बर्डफ्लू, १२ हजारभन्दा धेरै कुखुरा नष्ट



काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ । नगरपालिकाको वडा नम्बर १ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।

बर्डफ्लू पुष्टि भएपछि त्यहाँ बिहीबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिए । ‘अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको छ,’ उनले भने, ‘केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं ।’

यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो । केहि साताअघि मात्रै सुर्खेतमा पनि बर्डफ्लूको सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार  १० : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।