चलचित्र गंगुबाई कठियावाडीको टिजरसहित प्रदर्शन मिति तय भएको छ । चलचित्र २०२१ को जुलाई ३० बाट प्रदर्शनमा आउने पक्कापक्की भएको हो ।
चलचित्रको मुख्य भूमिकामा आलिया भट्ट देखिएकी छन् । आफ्नो शरीर बेचेर जीवन चलाउने गङ्गाको गंगुबाई बनेर कसरी पैसा र पावरको मालिक बनिन् भन्ने विषय चलचित्रमा उठाइएको छ ।
गंगुबाईको जीवनीमा बनेको चलचित्रमा आलियाले कतिको न्याय गर्न सकिन् त्यसको लागि भने चलचित्र प्रदर्शनको समय नै पर्खिनुपर्नेछ । चलचित्र सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन् ।
भन्साली र जयन्तीलालले निर्माण गरेको चलचित्रको टिजर बुधबार भन्सालीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको छ । -एजेन्सी
प्रतिक्रिया