Logo

एक दशक पछि घमेश दुलालको बनमा खयर लोकदोहोरी



लोक दोहोरी क्षेत्रमा राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्रोता तथा दर्शकले रेडियोमा कान थाप्नु पर्थ्यो कि युटुवमा खोज्न थाल्नुपर्थ्यो ।

उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीत हरुले स्रोता तथा दर्शकको मनमा अड्डा जमाएर बसीरहेका छन् ।

वनमा खयरू मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । चर्चीत रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियो नेपालमा गीत गाउंदा समय देखिका दौंतरी समेत हुन् । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले एरेन्जर गरेका हुन् ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट दर्शक तथा स्रोता माझ आउन लागेको गीतको भिडियोमा निकै मिहेनत गरीएको डिएआर मुभिजका राजाराम गौतमले बताए । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । सोलुखुम्बुको रमणिय स्थलमा भिडियो छायांकन गरीएको डीएआर मुभिजका विवेक चौलागाईले बताए ।

केही समय अगाडि भुलू लोक दोहोरी गीत मार्फत घमेश दुलाल आउने चर्चा भएको थियो । भुलमा लोकप्रिय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकि छन् ।

 

प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार  ४ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।