Logo

प्रमुख समाचार

कक्षा १२ को परिक्षा भौतिक रुपमै संचालन गर्न संसदीय समितिको निर्देशन



संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमै संचालन गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बिहान बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक रुपमै परीक्षा संचालन गराउन निर्देशन दिएको हो ।

अन्य परिक्षाहरु पनि संचालन भइरहेको अवस्थामा कक्षा १२ को पनि परिक्षा रोक्न नहुने भन्दै समितिले भौतिक रुपम परिक्षा संचालन गर्न निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् । उनका अनुसार बैठकमा उपस्थित समितिका सदस्यहरुले पनि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।

कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गएको साउन ३१ देखि संचालन गर्ने भनिएको कक्षा १२ को परिक्षा स्थगित गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १३:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।