Logo

शिक्षा

परीक्षार्थीलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ त्यो भन्दा माथिका सम्पूर्ण परीक्षार्थीहरुलाई खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीहरुको लागि कोभिड–१९ विरुद्को खोपको ब्यबस्था गरिसकेकोले १८ वर्ष वा सो भन्दा माथिका सबै परीक्षार्थीले परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराईएको प्रवेश पत्र लिएर तोकिएको खोप केन्द्रबाट खोप लगाउन आग्रह गरेका हुन् ।

सरकारले खोप लगाउन आउने परीक्षार्थीहरुलाई खोप लगाउन कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय एवं सहजीकरण गर्न शैक्षिक संस्था तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

यसअघि खोप अभाबका कारण परीक्षार्थीहरु आफुहरुलाइ कोरोनाको जोखिम बढी भएको भन्दै यथासिघ्र खोपको व्यवस्था गर्न माग गर्दै आन्दोलित समेत बनेका थिए।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १९:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।