Logo

समाचार

आज देशभर भारी वर्षा हुने, सतर्क रहन आग्रह



शुक्रबार आज मुलुकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षाको आँकलन गरिएको छ । मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकोमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

शुक्रबार राति पनि देशभर वर्षा हुनेछ । शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ । जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीधेरै भारी र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ०८:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।