काठमाडौं,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २०औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम मंगलबार सम्पन्न भएको छ । उक्त तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे ।
उक्त अवसरमा उनले विशिष्ट व्यक्तिको सुरक्षार्थ खटिँदा चालकले अपनाउनुपर्ने सुरक्षा सम्बन्धी तालिममा प्रदान गरिएको ज्ञान, सिप र कौशललाई प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा लागू गर्नुपर्ने बताएका छन् ।
गत माघ ६ गतेबाट शुरु भएको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २६ जना गरी कुल २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया