Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु



देशैभर पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना भाइरस देखिएको छ भने २ हजार १९५ संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार देशभरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १ हजार २४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ ।

हालसम्म निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।

हालसम्म देशभर ३९ लाख ५२ हजार ९४२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २७४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८२६ जना रहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।