अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध अवधि लम्ब्याइएको छ । अस्ट्रेलियाले गत वर्षको मार्च महिनादेखि लागू गरेको ‘आपतकालीन यात्रा प्रतिबन्ध’ लाई तीन महिना थप गर्दै आगामी जुन १७ सम्म लम्ब्याउने घोषणा गरेको हो ।
मङ्गलबार बेलुकी त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले कोभि आपतकालीन यात्रा प्रतिबन्धलाई लम्ब्याउने घोषणा गरेका हुन् । कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने सम्भावना देखिएका कारण प्रतिबन्ध अवधि लम्बाइएको उनको भनाइ छ ।
सो घोषणासँगै त्यहाँ रहेका नागरिकले त्यस अवधिसम्म कुनै पनि अन्तर्राष्ट्रिय यात्रा गर्न पाउने छैनन् भने अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलिया आउन पाउने छैनन् । विशेष कारण र सरकारको अनुमतिविना विदेश भ्रमणमा जान पाइने छैन ।
प्रतिक्रिया