Logo

अन्तर्राष्ट्रिय

बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच ७ महिनापछि कुराकानी



अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ । सिन्ह्वाका अनुसार शुक्रबार बिहान दुई नेताहरूबीच टेलिफोनमा कुराकानी भएको हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले टेलिफोन कुराकानीको पुष्टि गर्दै दुई नेताबीच आफ्ना देशहरूको स्वार्थ मिल्ने र सिद्धान्त र विचार फरक पर्ने क्षेत्रहरूका बारेमा कुरा भएको जनाएको छ ।

गत सात महिनायता विश्वका यी दुई शक्तिशाली राष्ट्रका नेताहरूबीच प्रत्यक्ष कुराकानी भएको थिएन ।

बाइडेनले गत जनवरीमा अमेरिकी राष्ट्रपतिको सपथ लिएका थिए । पछिल्लो समय अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ भने साउथ चाइना सीबारे पनि दुई देशबीच मतभिन्नता बढ्दै गएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।