Logo

प्रमुख समाचार

इजरायल जान चाहने १६ सय जनाको नाम सिफारिस (पुरा रोल नमबर सहित)



बैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान प्रक्रियामा रहेकाहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६ सय जनाको नाम सार्वजनिक गरेको छ । विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो ।

इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय निर्धारण गरेकोमा विभागले भने २ सय बढीको नाम सिफारिस गरेको छ । इजरायलको रोजगारीका लागि भाषा परीक्षामा सहभागी भएका ६ हजार ३१७ जना मध्येबाट यतिको संख्यामा छनोट भएका हुन् ।

१६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार