Logo

तालिवानले सुरक्षा चौकीमा हमला, २८ प्रहरीको हत्या



दक्षिण अफगानिस्तानमा तालिबानले मंगलबार राति सुरक्षा चौकीमा आक्रमण गरे। अधिकारीका अनुसार घटनामा २८ पुलिसको मृत्यु भएको छ।

तालिवान नेताहरू र अफगान सरकारले नियुक्त गरेका वार्ताकारहरूले कतारमा ऐतिहासिक शान्ति वार्ता गरिरहेको बेला यो हिंसा भएको हो। प्रान्तीय गभर्नरका प्रवक्ता जे इबादीका अनुसार आक्रमणहरू दक्षिणी उरुगन प्रान्तमा मंगलबार ढिलो शुरू भयो।

तालिबानीका प्रवक्ता कारी मोहम्मद युसुफ अहमदीले उक्त आक्रमणको जिम्मेवारी लिएका थिए र उनले भने कि इलाकाका पुलिसले लडाकुलाई आत्मसमर्पण गर्न इन्कार गरे, जुन पछि लडाकूहरूले उक्त हमला गरे। पुलिसले आत्मसमर्पण गरे पछि उनको हत्या भएको ईबादीले भने।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १० : १९ बजे