Logo

नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप च्याम्पियन



नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

 

टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसको जितमा सुनिल धमलाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

यस्तै अनिल साह र कुशल भुर्तेलले समान १५ रन बनाए । दिपेन्द्र सिंह ऐरी ११ रनमा अविजित रहे । एपीएफका अविनास बोहरा र भुवन कार्कीले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।

एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८/१८ रन बनाए ।

भुवन कार्कीले १४ रन जोड्दा अविनास बोहराले १२ रन बनाए । शंकर राना र सुमित महर्जन समान ४ रनमा आउट भए ।

कमल ऐरी १ रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।

कप्तान शरद भेषवाकर र आसिफ शेख सुन्य रनमा आउट भए ।  

एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४/ ४ विकेट लिए । गुल्सनले ३६ रन खर्चिदा सागरले २८ रन खर्चिए । 

पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए । 

उपाधिसँगै पुलिसले ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार  ३ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।