महोत्तरी जिल्लाको विग्ही सिँचाइ आयोजनाअन्तर्गत विग्ही नहर आवश्यक मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । लोहारपट्टी नगरपालिकाको महदैया तपनपुरस्थित सो नहरबाट हजारौँ बिघा जग्गाका सिँचाइ हुने गर्दछ ।
नहर विभिन्न ठाउँमा भत्काउँदा जीर्ण बनेको हो । नहरले जिल्लाको १०० हेक्टरमा सिँचाइको क्षमता राख्ने बताइएको छ । नहरको मर्मतसम्भार नहुँदा एक दशकदेखि कूल क्षेत्रमध्ये आधा भागमा मात्र सिँचाइ हुने गरेको महदैयाका किसान रामकृष्ण यादवले जानकारी दिएका छन् ।
बाढीबाट विभिन्न ठाउँमा वर्षेनी नहर भत्किनेक्रम जारी रहेको तपनपुर गाउँका किसान हेमशङ्कर यादवले बताए।
नहर मर्मतका लागि अहिलेसम्म रु ५० लाख खर्च भएको सिँचाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख विनय कर्णले जानकारी दिए । जिल्लाको ५०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सो आयोजना सञ्चालनमा आए पनि अहिले २५० हेक्टरमा मात्र सिँचाइ भइरहेको छ ।




















प्रतिक्रिया