Logo

युभेन्टसको जितमा रोनाल्डोको ह्याट्रिक



इटालियन सिरी ए अन्तर्गत युभेन्टसले काग्लीअरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक ह्याट्रिकको मद्दतले युभेन्टसले काग्लीअरीमाथि ३-१ गोल अन्तरको जित हासिल गरेको हो ।

रोनाल्डोले खेलको १०औं, २५औं र ३२औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै काग्लीअरीका लागि गिओभानी सिमेओनले एक गोल फर्काएका थिए ।

च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टस उत्कृष्ट प्रदर्शन गर्दै सिरी ए मा भने विजयी लयमा फर्किएको छ । यो जितपछि युभेन्टसको २६ खेलमा ५५ अंक भएको छ भने लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै गएराती भएको खेलमा नापोलीसँग मिलान पराजित भएपछि त्यसको सिधै फाइदा युभेन्टसलाई भएको छ । मिलानको २७ खेलमा ५६ अंक रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १०:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।