Logo

महामारी पछार्दै चिनिया अर्थतन्त्र, दुई महिनामै ३५ प्रतिशतको वृद्धि 



गतवर्षको तुलनामा चालुवर्ष सन् २०२१ को पहिलो दुई महिना यता चिनिया अर्थतन्त्र ३५ दशमलव १ प्रतिशतले बढेको छ । 

सन् २०२० को शुरुवाती समयमा चिनिया उद्योगहरु पूर्ण रुपले लकडाउनको अवस्थामा रहेको कारण पनि यो अंक व्यापक देखिने आँकलन गरिएको थियो । तर चिनिया अर्थतन्त्र विश्लेषकहरुले गरेको अपेक्षाभन्दा निकै धेरै देखिएको छ । 

महामारीभन्दा अगाडिको समय अर्थात सन् २०१९ को पहिलो दुई महिना नियाल्दा २०२१ शुरुवातमा औद्योगिक गतिविधि १६ दशमलव ९ प्रतिशतले बढेको देखिन्छ । अन्तर्राष्ट्रिय मागमा आएको बढोत्तरीले चीनको निर्यात क्षेत्रमा ठूलो टेवा पुर्‍याएको छ । 

चिनिया सरकारले यो वर्षका लागि ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्लेषकहरु भने ८ प्रतिशतको हारीहारीमा पुग्ने दावी गरिरहेका छन् । 

अघिल्लो वर्ष विश्वका प्रमुख अर्थतन्त्रमध्ये चिनिया अर्थतन्त्रले मात्र २ दशमलव ३ प्रतिशतको सकारात्मक आर्थिक वृद्धि गरेको थियो । चिनिया तथ्याङक विभागकी प्रवक्ताले देशको अर्थतन्त्र सुधारोन्मुख रहेपनि आर्थिक पुनस्र्थापनामा अझै व्यापक असन्तुलन रहेको बताइन । आन्तरिक खपत पनि मुख्य चुनौती रहेको उनको भनाई छ ।

 

प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार  ६ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।