Logo

सप्तकोशी नगपालिकाको लागि बार्षिक बजेट ४७ करोड



सप्तरीको सप्तकोसी नगरपालिकाले पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगरसभामा कार्यक्रममा उपप्रमुख आशा चौधरीले आर्थिक वर्ष २०७७–७८ को लागि रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको सार्वजनिक गरेकी हुन् । कार्यक्रम नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा रहेको थियो । 

नगरसभाको उद्घाटनमा प्रदेश नं २ का प्रदेश सभासदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताए । नयाँ प्रणालीमा देश गए अनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उनले जोड दिए।

कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधीबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताए । नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीय स्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पुर्याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरी भएका जडिबुटी सङ्कलन गरी आयआर्जनलाई अगाडी बढाउन नगरपालिकालाई सुझाव दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १ : ०२ बजे