Logo

प्रदेश खेलकुद परिषद्‍को सदस्य सचिवमा सिंह



सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका छन् । कैलाली जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षसमेत रहेका सिंह प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भएका हुन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले सिंहलाई नियुक्त गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । उनका अनुसार आज सपथ ग्रहण गर्ने कार्यक्रम छ । अध्यक्ष हुँदा सिंहले कैलाली जिल्ला खेलकुद विकास समितिलाई देशकै उत्कृष्ट तीनमा पार्न सफल भएका थिए ।

उनको कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सबै निर्वाचन क्षेत्रमा एक-एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान निर्माण भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १३:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।