मंगलबार बसेको प्रतिनिधिसभा बैठक विभिन्न निर्णय गर्दै सकिएको छ ।
आजको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवको निधनमा शोक मनाउँदै सम्पन्न भएको हो ।
यससँगै प्रतिनिधि सभाको अर्को बैठक आगामी चैत्र ६ गते शुक्रवार अपराह्न १ बजे बस्ने सभामुख अग्नि सापकोटाले जानकारी दिएको छन् ।
उक्त बैठकले सभामुखका अनुपस्थितिमा सभाको अध्यक्षता गर्नका लागि डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन समेत गरेको छ ।
प्रतिक्रिया