Logo

रविको वियोगको कथा ‘टुटिसक्यो मुटु’ सार्वजनिक



प्रेम वियोगमा थिए रवि ओड नेपाल आइडल सिजन-२ का विजेता रविलाई उनको निकटतम व्यक्तिले धोका दिएका थिए । यही पिडामा उनले एउटा गीत लेखे लेखेर दशरथ सुनारलाई सुनाए । रविले गीतमा आफ्नो भोगाइका कारण सिर्जित मनको बह पोखेका थिए ।

गीतमा रविको शब्द र स्वर रहेको छ । भीम बिसीको सङ्गीत रहेको गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ ।

भिडियोमा प्रिन्सको साथमा अञ्जना बराइली फिचर्ड छिन् । दशरथ निर्देशित भिडियोमा शर्मिला सुनुवारको शृङ्गार, रामकुमार केसीको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

रविको जन्मदिनको अवसर पारेर उनको पहिलो एल्बम ‘द लस्ट’ समेत सार्वजनिक गरियो । राजेश हमालको प्रमुख आतिथ्यतामा उक्त एल्बम सार्वजनिक गरिएको थियो । 

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १५:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।