Logo

गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा’ सार्वजनिक (भिडियोसहित) 



गायिका सुनिता तिमल्सिनाको ए कान्छा सार्वजनिक भएको छ । संगीत क्षेत्रमा आफ्नो योग्दान र लगातारको अभ्यासमा अघि बढ्दै पुर्ब धारान देखि काठमाण्डौ झरेकी गायिका तिमलसिना अभिनयमा समेत माहिर छिन् ।

गायिकातिमल्सिनाको सार्वजनिक भएको यस गीतमा उनको आवाज संगै अभिनय पनि हेर्न सकिन्छ अभिनयमा उनलाई सक्किगोनी टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौलाले साथ् दिएका छन् ।

नरेश भट्टराईको शब्दमा बद्री सेवाले संगीत गरेको यस गीतलाई रोमान्टिक नम्बरमा बनाईएको छ । निर्देशक सुमन सागर जंग केसीले निदेशन गरेको यस गीतमा कोरियोग्राफी भने रोशन बिकले गरेका छन । गीतलाई गायिका सुनिता तिमल्सिनाको आफै युटुब च्यानल सुनिता तिमल्सिना बाट सार्वजनिक गरिएको छ । 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १५:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।